Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

सलोन प्रोफेसनालिजम भएका कलाकार हुन् : केकी अधिकारी

काठमाडौं
कलाकार द्वय केकी अधिकारी र सलोन बस्नेतले पहिलो पटक स्कृन सेयर गरेका छन । सिनेमा “जय हो” मार्फत उनीहरु दर्शक माझ एकसाथ देखिन लागेका हुन । यी दुईको क्यामेस्ट्रीलाई दर्शकले पनि मन पराईसकेका छन । सिनेमाको ट्रेलर र गीतहरुमा यी दुईको जोडी जमेको चर्चा हुन थालेको छ ।

पहिलो पटक काम गर्दा केकीलाई सलोन संग असहज महसुस नै भएन । उनले सहज तरिकाले पेयरिङ गरेको बताईन । साथै प्रोफेसनालिजम भएको ब्यक्ती रहेछन सलोन भन्दै उनीसँगको सहकार्यको अनुभव सुखद बनेको उनले बताईन ।

“म चरित्रमा डुबिरहने मान्छे होइन” भन्दै उनले सलोन पनि आफू जस्तै रहेकोले काम गर्न अझ सजिलो भएको बताईन । एक्सन भन्दा चरित्रमा पुग्ने र कट भन्ना साथ “केकी र सलोन” नै बन्ने भएको ले पनि सहकार्य अझ मीठो हुन पुगेको उनको तर्क छ । टेक पौरखी राई निर्देशित सिनेमा यही भदौ ८ बाट सार्वजनिक प्रदर्शनमा आउदै छ ।