Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

कृषा जी संचार माध्यम युट्युब मात्र बुझ्नु भएको हो ?

काठमाडौं 
युट्युब मात्रैलाई मिडिया मान्नेको ठुलै जमात छ अहिले । आफू लाइमलाइटमा रहनेलाई पनि युट्युब नै सबैथोक लाग्छ । धेरै सिनेकर्मीलाई त देखिन पाउने भएकोले पनि होला देखिने मिडिया र लेखिने मिडिया केही पनि होइन भन्ने छ । धेरैले “भिडियो होइन” भन्दा “ए होस त्यसो भए” भन्दै अन्तर्वार्ता नकारेका कैयन घटना छन ।

घटना ‘ऐँचो पैँचो’ सिनेमाको ट्रेलर रिलिज कार्यक्रमको हो । निर्देशक कृषा चौलागाईंलाई सोधियो “सिनेमा फ्लप भयो भने कसरी मुख देखाउनुहुन्छ?” उनको जवाफ थियो,”भ्युज नगए पछि जसरी तपाईं मुख देखाउनु हुन्छ” ।

ट्रेलर रिलिज कार्यक्रममा समाचार संकलनका लागि पत्रकार बोलाईएको थियो । कृषालाई भने युट्युबर मात्रै बोलाईएको भन्ने लागेछ क्यारे । भ्युज कै कुरा गरिन । रंगिन दुनियामा काम गर्ने धेरैलाई अझै पनि संचार माध्यम भनेको देखिने माध्यम मात्रै हो भन्ने भ्रम रहेछ ।