Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘छक्का पन्जा’को जस्तै ‘ऐँचो पैँचो’ ट्रेलर

काठमाडौं
नेपालीको बानी अचम्मको छ । टोलमा कसैले मम पसल खोल्यो र चल्यो भने मिलेसम्म हर घरमा मानिस हरु मम नै बेच्न चाहन्छन । हामी किन बिक्यो भन्दा पनि फलानोले गर्यो म पनि गर्छु भन्ने सोच सहित अघि बढ्छौ । 

त्यसो त ममको स्वाद फरक होला, कसैको झोल मम मिठो होला त कसैको स्टिम । तर टोलमा कसैले मम बनाउने कसैले बर्गर कसैले पिज्जा त कसैले कोदोको रोटी भए पो खानेहरु पनि टोल छोडेर जानू पर्दैन । सबै प्रकारको खाना आफ्नै टोलमा पाउछ । समयको बचत पनि हुन्छ र मुनाफा पनि आफ्नै टोलमा बस्छ ।

चलेको मम पसल नेपाली सिनेमा मध्य अहिले दिपक-दिपा टिमले बनाउने सिनेमा बनेको छ । र यही खिचडी झै बनेको सिनेमालाई दर्शकले मन पराएका छन । त्यसैले होला अधिकाम्स मेकरले यही खिचडी स्वादको सिनेमा बेच्न खोजेको देखिन्छ ।

यस्ता सिनेमा चलेको विषयमा मेकर अबिरल थापाले केही समय अघि एक पोष्ट लेखेका थिए । “एउटा टेलिफिल्मले हलमा लागेर करोडौं कमायो भन्दैमा जो पनि टेलिफिल्म बनाउँदै हलमा लगाउँदै गर्न हौसिन त भएन नि !”

अहिले घोषणा भएका र प्रदर्शन हुन लागेका सिनेमाका सामाग्री र टिम हेर्दा उनको भनाई सही लाग्छ ।

हिजो मात्रै ‘ऐँचो पैँचो’ सिनेमाको ट्रेलर सार्वजनिक भयो । र यो सिनेमा पनि सोही “मम” नै बनेको छ । राजनिती, कमेडी, त्यही भित्र प्रेम र द्वन्द समेटेर “छक्का पन्जा” सिरिज झै देखिने प्रयास गरेको छ ।

उता राजा दीपक राज गिरी बनेका छन भने यता मुकुन भुसाललाई बनाईएको छ । वर्षा राउत उता र यता दुबै सिनेमामा उस्तै चरित्रमा देखिएकी छन ।स्वस्तिमा खड्कालाई भने केही बलियो चरित्र जिम्मा लगाइएको छ सिनेमामा । राजनितिक कथाबस्तु र त्यसमा देखिने लडाई र खिचातानी स्पस्ट देखिएको छ ।

समग्रमा यो सिनेमा चलेका सिनेमाको धार पकडेर बनाइएको अर्को एक सिनेमा बनेको छ । कृषा चौलागाईको निर्देशकिय पहिलो प्रयासलाई भने मान्नै पर्छ । उनको पहिलो प्रयास झै मात्रै देखिदैन । अब दर्शक हल सम्म जाने नजाने त्यो हेर्न भने भदौ १४ पछिका दिन पर्खिन पर्ने छ ।