Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

रेखा थापाको ‘उपहार’मा एनप्लस प्रोफेसनल

काठमाडौं
भारतको प्रख्यात ब्राण्ड नन्दिनी ‘एनप्लस प्रोफेसनल’ ब्यूटी प्रोडक्टले  रेखा थापाको सिनेमा ‘उपहार’मा सहकार्य गर्ने भएको छ ।
सोमवार एनप्लस प्रोफेसनलका बजार व्यवस्थापक पदम शर्मा तथा ब्राण्ड एम्बास्डर बिना श्रेष्ठ र रेखा थापाविच सहकार्य गर्ने सम्झौता भएको हो।

त्यसो त एनप्लस प्रोफेसनल नारी-पुरुष दुवैले प्रयोग गर्न सक्छ । तरपनि ब्यूटी प्रोडक्टस भएकोले नारीप्रदान सिनेमामा नै सहकार्य गर्न पाउँदा खुशी लागेको एनप्लस प्रोफेसनल‌को व्राण्ड एम्बासडर तथा संचारकर्मी विना श्रेष्ठले खुशी लागेको बताईन् ।

भदौबाट छायांकनमा जाने सिनेमामा  रेखा को अलवा पूजा शर्मा, बेनिसा हमाल, मुकुन भुसाल र समर्पण कार्कीको मुख्य भुमिका रहने छ भने उक्त सिनेमामा ज्ञानेन्द्र देउजाको निर्देशन रहने छ ।