Sur Cinema

राम सिटौलाको संगीतमा हिमांशु रायमाझी गोधुलीको “दिन ढल्यो” सार्वजनिक

काठमाडौं
समिप ईन्टरटेन्मेन्टकाे प्रस्तुतीमा गायक रामकृष्ण ढकालकाे आवाजमा रहेकाे “दिन ढल्याे” बाेलकाे गीत सार्वजनिक भएकाे छ । गीतमा शब्द हिमाँशु रायमाझी गाेधुलीकाे रहेकाे छ भने संगीत बरिष्ठ संगीतकार राम सिटाैलाले भरेका छन् साथै संगीत संयोजन विश्व अधिकारीकाे रहेकाे छ।

दिलिप समनद्वारा निर्देशित भिडियाेमा प्रज्वल जङ्ग कार्क‌ी, अनिमा बिश्वकर्मा, रितेश ढकालकाे अभिनय देख्न सकिन्छ। उक्त गीतलाई मिलन सँकरले खिचेका हुन् भने भिडियाे सम्पादन तथा कलरिङ्ग फराज अर्पणकाे रहेकाे छ। गीतमा युगल जाेडि बिच हुने  प्रेम र बिछाेडकाे कथा देखाईएकाे छ।

पुरानाे बानेश्वर स्थित टिपसि ब्याम्बाे कटेजमा एक अाैपचारिक भेला बिच  गीतकाे भिडियाे सार्वजनिक गरिएकाे हाे। गीतले दर्शक श्रोताकाे मन जित्ने कुरामा निर्माण पक्ष बिश्वस्त छ ।