Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

संगीत सिर्जना र गायन एक साथ : बबिनाको ‘बालापनको तीज’ सार्वजनिक

काठमाडौं
नेपाली संगीततकर्मको कुरा गर्दा महिलाहरुले संगीत गरेको बिरलै देखिन्छ  । शान्ती ठटालपछि एकाध महिला संगीत सिर्जनाको कर्ममा लागेका छन । तर पछिल्लो समय एक युवती गायन र संगीतलाई एकसाथ डोर्याउदै अघि बढिरहेकी छन ।

विराटनगरकी बबिना भट्टराई एउटा त्यस्तो नाम हो जसले संगीत कर्ममा औँलामा अटाउने महिला संगीतकर्मीलाई प्रतिनिधित्व गर्दै अगाडि बढिरहेकी छन । आफ्ना अधिकांश गीतमा उनी स्वयम् नै संगीत गर्दै आएकी छन्। डेढ दशक लामो साधना उनका गायन र संगीतमा देखिन्छ ।

‘महिला संगीतकार’ भन्दै गर्दा भने उनको मन खिन्न हुन्छ । संगीत भनेको सिर्जना हो । र सिर्जानाको लैङिकता हुदैन भन्ने उनको बुझाई छ । अझ महिला संगीतकार भन्दै गर्दा संगीतको सिर्जना गर्नुपर्ने र सिर्जना गर्ने मामलामा महिलालाई प्राकृतिले पनि साथ दिएको उनको ठम्याई छ ।

गायन र संगीतलाई एकैसाथ अघि बढाएकी उनलाई गायन संगीत भन्दा धेरै सहज पनि लाग्छ । सामान्यत बिवाहित नारीको कथा व्यथा र अविवाहित नारीको शिव जस्ता पतिको कामना समेटेर तीज गीत बन्ने गरेका छन । तर यो भीडमा यो गीत भने भिन्न देखिएको छ । एक बालिकाको तीज कस्तो होला त ? यसैको जवाफ हो उनै बबिनाको ‘बालापनको तीज’ गीत ।

भीष्म मणि पौडेलले गीतका शब्द लेखेका छन् भने संगीत र स्वरको बबिनाले सम्हालेकी छन  । गीतको संगीत सम्योजन बलराम समालले गरेका छन्। समुह भोकलमा बबिनालाई सुप्रीम, जेसुस, रोशिका, दिपशाल, रितिशा लगायतले साथ दिएका छन । बबिना समेत फिचर्ड भिडियोमा सुप्रीमा थापा, भिष्ममणी पोखरेल, धना पाण्डे लगायत फिचर्ड छन ।

भिडियो निर्देशन तथा कोरियोग्राफी केशब राज भट्टले गरेका छन भने बुद्द थापाले खिचेका हुन । बन्दे प्रसादको सम्पादन रहेको भिडियोलाई लिएर बबिना उत्साहित छिन ।