Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

तीज गीत ‘आकुर माकुर’मा कमलसँग विनाको छमछमी

काठमाडौं
संचारकर्मबाट म्यूजिक भिडियो तथा सिने निर्देशनमा व्यस्त बनेका सुव्रतराज आचार्यको निर्देशनमा तीज विशेष गीत सार्वजनिक गरिएको छ । तीज नजिकिन अझै २ महिना बाँकी रहेको अवस्थामा बजारमा एकपछि अर्को तीज गीत सार्वजनिक गर्ने क्रम बढेको छ ।

यही मेसोमा गायिका रानी शाक्य र गायक नारायण बाबुको स्वर, नारायण बाबुको शब्द तथा संगीतमा ‘आकुर माकुर’ बोलको गीत सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतको भिडियोमा कमल सिंह र मोडल विना राउतले नृत्य गरेका छन् । उत्सव दाहालको छायांकन रहेको यो भिडियोमा विशेष पौडेलको सम्पादन, सुरेन्द्र बसेलको कोरियोग्राफी छ ।