Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

कलाकार र पत्रकारको सम्बन्ध सन्तुलित हुनु पर्छ ।

काठमाडौँ
 चलचित्र पत्रकार संघको आयोजनामा ‘नेपाली चलचित्रमा मिडियाको प्रभाव’ बिषयक अन्तरक्रिया कार्यक्रम आज आयोजना गरिएको छ। काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, निर्देशक नवल नेपाल
  निर्देशक तथा कलाकार दीपाश्री निरौला, नायिका केकी अधिकारी, पत्रकार तथा निर्देशक फूलमान बल र चलचित्र विकास बोर्डका सदस्य के.एल बुढाथोकीले आफ्नो भनाइहरु राखेका थिए ।

चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला : पत्रकारहरुले कुनै ब्यक्ती गत इख नलिएर बिसुद्ध पत्रकारिताको ब्यबसायिक धर्म निभाउने कुरा गरे। पछिल्लो आत्म हत्या प्रकरण मा सम्बन्धित ठाउँ बाट मुद्दा उठेको खण्ड मा पत्रकार हरुले आफ्ना कलम लाई चलाउनु पर्ने बताए। आफू पनि पत्रकार कै पृष्ठभुमि बाट आएको र पत्रकार कै साथ र सहयोग ले सिनेमा छेत्रलाई अघि बढाउन  मद्दत पुग्ने बताए।

निर्देशक नवल नेपाल : सिनेकर्मी र सिने पत्रकार को सम्बन्ध ब्यबसायिक हुने कुरा बताए।त्यस्तै जसरी राज्य सन्चालन का लागि जसरी तीन निकाय ( कार्य पालिका ब्यबस्थापिका र न्याय पालिका)ले राज्य सन्तुलन गरेको हुन्छ, सिनेमा साहित्य लाई पनो सिनेकर्मी कार्यपालिका, सिनेपत्रकार ब्यबस्थापिका र दर्शक न्याय पालिका भएर बिकास मा अगाडि लैजानु पर्ने बताए। सिने पत्रकार र सिनेकर्मी बिच को सम्बन्ध को पनि एउटा दायरा तयार हुनुपर्ने जस्ले ब्यक्ती बिशेष भन्दा पनि ब्यबसायिक धर्म निभाउन सकियोस भन्ने कुरा राखे ।

निर्देशक दिपा श्री : हिजो पत्रकार लाई भेट्न पाए आफ्ना तर्क राख्न पाए  भन्ने रहर जाग्थ्यो। आज डर लागेर आउँछ, बन्दुक लिएर आए झै लाग्छ। त्यसैले आ आफ्नै ठाउँ बाट सन्तुलित सम्बन्ध राख्नु पर्छ। समाचार एउटा शीर्षक अर्कै आउने डरले समाचार हेर्न पनि असहज लाग्ने परिस्थिती हटाउनु पर्छ,  उनले भनिन । पत्रकार र सिनेकर्मी को सम्बन्ध नङ्ग र मासु को झै हुनुपर्छ भनिन।

नायिका केकी अधिकारी :  नेपाली सिनेमा क्षेत्रमा मिडियाको प्रभाव बलियो रहेको छ । उनले भनिन्–‘नेपाली सिने क्षेत्रका अहिलेका अब्बल निर्देशकहरु पनि पत्रकारिता गर्दै नै आएका हुन् । सिनेमाको विकासमा मिडियाको प्रभाव बलियो छ तर, मिडियाले विश्वसनियताको कुरालाई पनि गुमाउन हुदैन । पाठकमा मिडियाप्रति विश्वास भएन भने त्यसले प्रभाव पार्न सक्दैन ।

पत्रकार तथा निर्देशक फूलमान बल : मिडियाकर्मी र सिनेकर्मीबिच दुरी परिस्थितीले सिर्जना गरेको छ । उनले भने–सिने क्षेत्र आफैमा व्यवसायिक छैन भने मिडिया पनि कसरी व्यवसायिक हुन सक्छ र ? हामी एउटा सिनेमा राम्रो बन्यो भन्दैमा सिने क्षेत्र नै उभो लाग्यो भन्न सक्दैनौं । यसैले, सबैभन्दा पहिला सिनेमा क्षेत्रलाई नै विकास गर्नका लागि सबैले लाग्न आवश्यक छ ।

चलचित्र विकास बोर्डका सदस्य के.एल वुढाथोकी :  सिने क्षेत्रको विकासमा मिडियाले दबाब सिर्जना गर्नुपर्ने आवश्यकता औल्याएका छन् ।

संघ का अध्यक्ष समीर बलामी र कार्यक्रम संयोजक कुबेर गिरि ले पनि “चलचित्रकर्मी र पत्रकार बिच को सम्बन्ध मर्यादित,ब्यबसायिक र जिम्मेवारीपुर्ण बनाउनु पर्ने धारणा ब्यक्त गरे गरेका थिए।