Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘मेयर साहेब’ निर्माण हुने

काठमाडौं 
  राजु गिरीको निर्देशनमा नेपाली सिनेमा ‘मेयर साहेब’ निर्माण हुने भएको छ । शुक्रबार निर्देशक गिरीले सिनेमाको टाइटल पोस्टर सार्वजनिक गर्दै सिनेमाको निर्माण घोषणा गरेका हुन् ।

आगामी भाद्र महिनाबाट फ्लोरमा जाने सिनेमाको लागि अहिले कलाकार छनोटको काम भैरहेको छ । चाँडै सिनेमाको कास्ट एण्ड क्रिउको जानकारी दिने तयारी निर्माण टिमको छ । राजनितिक बिषयमाथि निर्माण हुने सिनेमाको हाल प्रि-प्रोडक्सन र कथा लेखनको काम भैरहेको छ ।

बिनिता फिल्मस्को प्रस्तुतिमा निर्माण हुने सिनेमामा बिनिता गुरुङ र मौषमी महर्जनको लगानी रहनेछ । सिनेमामा निर्देशक गिरीको कथा, भोजराज देवकोटाको पटकथा तथा संवाद र अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत रहनेछ । नारायण खाती सिनेमाका सह-निर्माता हुन् ।