काठमाडौं
यम शेर्पाको निर्देशनमा बन्ने सिनेमामा ‘कार्साङ’मा कलाकार बुद्धि तामाङ अनुबन्धित भएका छन् ।
यार्सा फिल्मस्को व्यानरमा निर्माण हुन लागेको यो सिनेमामा मुख्य अभिनेताका रुपमा दयाहाङ राई फाइनल भैइसकेका छन् ।
पुरुषोत्तम प्रधानको छायांकन रहने सिनेमाको छायांकन बाह्र बिसे नगरपालिका र बाँकी भोटेकोसी गाउँपालिकामा हुने तयारी छ ।
सामाजिक कथामा बन्ने सिनेमामा अन्य कलाकार तथा प्राविधिक चाँडै फाइनल गरिने निर्देशक शेर्पाले बताए । सिनेमाको छायाकंन तिहार लगतै गरिने बताइएको छ ।



















