Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

यो कस्तो जुहारी ?

काठमाडौं
हास्य रस मा अभिनय गर्न माहिर दिपकराज गिरी र केदार प्रसाद घिमिरे सिने बजारमा अब्बल मानिन्छन ।  दुबैको सहकार्य पहिलो सिनेमा “वडा नम्बर छ” बाट सुरु भएको थियो। भलै ‘मेरि बास्सै’ को सतह बाट केदार ले अभिनय यात्रा सुरु गरे! त्यसै बाट आफुलाइ माग्ने बुढा मा स्थापित पनि  गरे त्यही नाम बाट अहिले सम्म आफ्नु अभिनय यात्रा लाई अघि बढाइ रहेका छन ।

दिपक-दिपाका सिनेमामा माग्ने रहेनन भने दर्शक लाई नि खल्लो हुने अझ भनौ सिनेमा नि खल्लो हुने अड्कल यदा कदा सुनिन्छ। त्यति मीठो सहकार्य बाट यात्रा भैरहेको दुबैको सम्बन्ध पछिल्लो समयमा  चिसिएको देखिन्छ ।

माग्ने ले आफै सिनेमा निर्माण गर्ने तयारी को हल्ला ले अझै चिसिएको सम्बन्धलाइ मलजल गरेको पाइन्छ।  पछिल्लो एक घटना ले दुबै बिच को दुरि  झनै बढेको प्रमाणित गरिदियो । एउटा हिन्दी सिनेमा को बिषयमा दिपक ले लेखेको अभिब्यक्ती र त्यसमा केदार उर्फ माग्ने ले दिएको प्रतिकृया अनि  त्यस्को प्रतिवादमा दिपकको काउण्टर । दुबैको जुहारी ले  दुबै बिच के खिचडी पाकी रहेको छ सिने जगत ले त सजिलै अड्कल काट्न सक्छ, सुबेच्छुक लाई पनि गारो छैन दुबै बिचको चिसो पना सतह मै कसरी छताछुल्ल भएको छ ।

दुबै को मन को दुरि र त्यस्ले निर्माण गर्ने परिस्थिती ले सिने बजार लाई दिएको मनोरन्जन र ब्यबसायिकरण मा आघात त पुर्याउछ नै र  दुबैलाइ फाइदा भन्दा पनि बेफाइदा धेरै देखिन्छ । आखिर किन यस्तो हुन्छ ? हामी अड्कल मात्र काट्न सक्छौ  “मै खाउ, मै लाउ, मै सुख सयल मा बाचु!” हामी सिने कर्मी हरुको पुरानो रोग न हो ।