Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

नम्रता र गौरवको ‘नम्बरी सुन’को टिजर

काठमाडौं 
आगामी भाद्र १ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘नम्बरी सुन’को टिजर रिलिज गरिएको छ ।

२ मिनेट लामो सिनेमाको टिजरले ७० बर्ष पहिले नेपालमा हुने सुनको इतिहासलाई प्रस्तुत गरिएको छ । सार्वजनिक टिजरमा गौरव नम्रताको प्रेम सम्बन्धमा आउने उतार चढावलाई मुख्य स्थान दिइएको छ ।

अभिनेता सरोज खनाल सिनेमामा गाउँको मुखियाको भुमिकामा देखिएका छन्, भने बुद्धि तामाङलाई श्रीमती पिडित श्रीमानको रुपमा देखाइएको छ । सिनेमाको सार्वजनिक टिजरमा देखिने अभिनेता राजराम पौडेलको कमेडी पञ्च र किरण नेपालीको भिलेन अवतारले रोचक मोडमा पुर्याउने अनुमान गर्न सकिन्छ ।

नारायण खातीको कथा तथा प्रस्तुति रहेको सिनेमामा राजेन्द्र खड्गी, सविन बास्तोला, विनोद न्यौपाने, गीता अधिकारी लगायत कलाकारको अभिनय रहेको छ । सुवर्ण शिभान्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमामा शिवम् अधिकारीको पटकथा तथा संवाद लेखन रहेको छ ।

सिनेमामा सरोज खाती, सविन खाती र मनोज रिजालको लगानी छ । सिनेमाका गीतमा राजेशपायल राई, शान्तिश्री परियार, प्रताप दास र अनु चौधरीको स्वर रहेको छ । अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, रामजी लामीछानेको नृत्य निर्देशक, समीर मियाँको भिएफएक्स, दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन, गौतम राज खड्काको सम्पादन रहेको छ । सिनेमामा विनोद भुजेलको ब्याकग्राउन्ड स्कोर, मनोरञ्जन श्रेष्ठको कलर करेक्सन छ । सिनेमालाई काठमाडौं उपत्यकामा जिजिए ग्रुप र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछ ।