Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

सुवर्ण दुलालको निर्देशनमा ‘जात’

काठमाडौं
सुवर्ण दुलालले निर्देशन रहेको ‘जात’ गीत रिलिज भएको छ। उक्त गीतमा गायिका शान्ती श्री परियारको आवाजमा रहेको छ भने शान्ती श्रीलाई विजय परियारले नै आवाजमा साथ दिएका छन्।

नेपाली समाजमा विद्यमान रहेको जातिय व्यवस्था र दुई भिन्न जातले गरेको प्रेममा पारेको असरको कथा बोलेको छ। गायक परिवारकै शब्द संकलन रहेको गीतमा पोशन श्रेष्ठले गीतमा संगीत भरेका छन्।

भिडियोमा निर्देशक दुलाल र रोशनी कार्की संगै सुशील पोख्रेल, रश्मी भट्ट र सृजना खनाल लगायतका कलाकारको अभिनय रहेको छ। भिडीयोमा जितू तामाङ्गको छायाकन र सम्पादन रहेको छ।