Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘पशुपतिप्रसाद’को दोस्रो श्रृंखला ‘भष्मे डन’को छायांकन सम्पन्न

काठमाडौं
  दीपेन्द्र के खनाल निर्देशित सिनेमा ‘पशुपतिप्रसाद’को दोस्रो श्रृंखला ‘भष्मे डन’को छायांकन बिहिबार सकिएको छ । निर्माण टिमले पशुपति मन्दिर परिसरबाट सिनेमाको छायांकन सकिएको जानकारी दिएको हो।

सिनेमाको निर्माण सुरु भएको दुई महिना पछि पशुपति क्षेत्रमा अन्तिम दृश्य खिच्दै इन्ड–क्ल्याप भएको हो । एक महिनामा छायांकन सक्ने हिसाबले सिनेमा खिचिएको भएता पनि २ महिनामा लागेको छ। चार करोड खर्चमा निर्माण भएको सिनेमालाई अभिनेता विपिन कार्कीले अन्तिम क्ल्याप घोषणा गरेका थिए ।

सिनेमामा विपिनले भष्मे डनको चरित्रमा शीर्ष भूमिका निर्वाह गरेका छन् । सिनेमामा विपिनका अलवा स्वस्तिमा खड्का, सौगात मल्ल र प्रकाश घिमिरेको समेत मुख्य भूमिका छ ।