Sur Cinema

Edit Content

ताजा अपडेट

रिस्ता जी लाइभ बस्ने माग्ने ?

काठमाडौं
   अभिनय राम्रो गर्ने तर स्थान नपाएको कलाकार लाग्छिन रिस्ता बस्नेत । तर भाइरल हुने मोह र कमाउने चाहले मानिसलाई केके सम्म गराउने हो कुन्नी ।
उनलाई भेट्न मन भए सिनेमा हल या छायांकन स्थल गएर पछिल्लो समय काम नै छैन । किन की उनी हर बखत टिकटक लाईभमा हुन्छिन । लाइभमा बसेर गेम खेल्ने र खेलाउने बाहेक उनको अरु काम नै छैन झै लाग्छ ।

जो संग जतिबेला पनि उनी गेम मै व्यस्त हुन्छिन । गेम खेल्दा अन्य प्रयोगकर्ताले गिफ्ट पठाउँछन । मुखै फोरेर माग्ने गरेको पनि देखिन्छ गेम जित्न । उक्त गिफ्ट रकमको रुपमा परिवर्तन गरेर आय आर्जन गर्न सकिने भएकाले उनले सोही कुरा रोजेकी छन् । सिनेमा र भिडियोमा काम नआएपछि उनले यहि कमाउने सजिलो बाटोले रोजेकी हुन् कि । अरु काम नभएपछि यसैमा पनि र व्यस्त हुनु पर्यो नि भन्ने उनलाई लागेर हो की भन्ने नलाग्ने कुरै भएन । किनभने जसरी पनि कमाउनै पर्यो हैन भने यसरी  दिन रात नभनी मरि हत्ते कसले गर्थो होला र?

अर्को कुरा उनी राम्रो डबिङ आर्टिस्ट पनि हुन । तर, खै उनलाई यो सामाजिक सन्जालमा पैसा कमाउने मोहले उनलाई बिगारेको पो की कि ? मेकर्सले फ्लप भएको भन्ठानेर नपत्याएका हुन् । उनै जानुन ।