Sur Cinema

Edit Content

ताजा अपडेट

जेठ २६ मा ‘वेलकम टु हेम्जाकोट’

काठमाडौं
    ग्लोजअप सिने प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमा ‘वेलकम टु हेम्जाकोट’को प्रदर्शन मिति घोषणा गरिएको छ । यो सिनेमा यहि जेठ २६ मा देशव्यापी प्रदर्शनमा आउनेछ ।

निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै नयाँ प्रदर्शन मिति लक गरेको हो । यसअघि यो सिनेमा २०७९ को तिहारको छेकोमा प्रदर्शनमा ल्याउने तयारी थियो, तर प्राविधिक कारण प्रदर्शन मिति पर सारिएको थियो ।
तेज प्रसाद दाहाल, जितेन्द्र गिरी, बाबुराम कार्की, सुमन खड्काको लगानीमा निर्माण भएको सिनेमा सरोज पौडेलको लेखन तथा निर्देशनमा तयार भएको हो । सिनेमामा बुद्धी तामाङ, विनोद न्यौपाने, दिनेश खड्का, सन्दिप सिग्देल, अम्बिका तामाङ, सुजाइरा कार्की, विशाल पहारी, रवि गिरी, लक्ष्मीनाथ तिमल्सीना, रश्मी भट्ट, अस्मिता पन्त, शारदा गिरी, बलदिव राई, स्व.जयनन्द लामा लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।
थियटरका चर्चित गुरु सुवलमणी सापकोटाद्धारा १ महिना वर्कशप प्रशिक्षण गराएर सिनेमाको छायांकन प्रारम्भ गरिएको थियो ।

यो सिनेमा केहि समय अघि काठमाडौंमा सम्पन्न चौथो नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलमा उत्कृष्ट नेपाली सिनेमाको अवार्ड जितेको थियो, फेस्टिबलमा उपस्थित अतिथीले यसलाई मन पराएका थिए ।
यसअघि सिनेमामा समावेश आइटम डान्स ‘मायाको रेडियो’, तिहार सम्बन्धित गीत ‘सेलको बासना चलेको’ लगायका सार्वजनिक भएका छन् ।
पोखरामा रहेको पर्यटकिय स्थल हेम्जाकोटमा खिचिएको सिनेमाको नाम पनि त्यहिँबाट सापट लिइएको हो । यसले स्थानियस्तरको पर्यटन क्षेत्रमा पनि योगदान गर्ने निर्माण पक्षको विश्वास छ ।

मिलन श्रेष्ठको एक्सन, मित्र डि गुरुङको सम्पादनमा तयार सिनेमाका डिओपी दिर्घ गुरुङ हुन् । कविराज गहतराज, गम्भिर विष्टको करियोग्राफी, शास्वत श्रेष्ठको व्याकग्राउण्ड म्युजिक रहेको सिनेमाका गीतमा इन्दिरा जोशी,   शान्तिश्री परियार, अस्मिता अधिकारी, राज सागर, राजन इशान लगायतका चर्चित गायकहरुको आवाज सुन्न सकिन्छ । सिनेमालाई सुनिल मानन्धरले नेपालभरका लागि वितरणको जिम्मा लिएका छन् ।