Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

सिनेमा ‘रोशनी’को नयाँ गीत ‘अधुरो छु म तिमी बिना’ सार्वजनिक

काठमाडौैं  
सिनेमा ‘रोशनी’को नयाँ गीत ‘अधुरो छु म तिमी बिना’ सार्वजनिक भएको छ ।  सार्वजनिक भएको सिनेमाको गीतमा ओम सुनार र अन्जु पन्तको आवाजमा सजिएको छ भने शब्द संगीत ओमले नै गरेका छन्। गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार कशिस दाहाल र रमेश अब्जुले अभिनय गरेका छन्।   माया प्रेम र द्धन्दमा आधारित सिनेमामा कशिस र रमेशका अलवा नितल पल,सुरज राना,मेनुका गिरी लगायतको मुख्य भुमिका रहेको छ।

सिनेमालाई अभिनेता रमेशले नै लेखेका हुन् भने निर्देशन खुब बहादुर सुनार रहेका छन्।सम्पादन गौतमराज खड्का,एक्सन गोपाल परियार र बीर मास्टर र डिओपी अर्नुन कुमार सुनार रहेका छन्। यस सिनेमामा अर्जुन पोखेरको संगीत,डाक्टर कृष्ण हरि बरालको शब्द रचना समेत रहेको छ। सिनेमामा लगानी रमेश अब्जु,मिलन कुमार भारी,अजय अब्जु रहेका छन्।