Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

पूजा र भुवन क्यामेरामा लपक्कै तर पर्दामा सहकार्य ?

काठमाडौं  
पूजा शर्मा थोरै सिनेकर्मीको प्रसंशा गर्छिन् । भुवन केसी “मेरो बाबा” भन्दै अन्कमाल गर्न अघि सरे पनि उनी पनि हत्तपत्त अरुको प्रसंशा गर्दैनन् ।तर पूजा र भुवन एक अर्काको प्रसंशा गरेर थाक्दैनन् । पहिला पनि क्यामेरा अघि यो देखिएकै हो । साम्राज्ञी आरएल शाह प्रकरणमा पनि पूजाले भुवन कै साथ दिएकी हुन् । क्यामेरा अघि हरेक पटक यी दुईले सहकार्य गर्न प्रश्न आउँछ र जवाफ छिट्टै सहकार्य गरिने भनेर आउँछ नै, तर सहकार्य त्यही अर्को पटक क्यामेरा अघि पर्दा मात्रै हुन्छ ।

समाचार र अन्तर्वार्तालाई नियाल्दा पूजा र अनमोल केसीले अभिनय गर्ने गरि सिनेमा बनिसकेको हो । तर यथार्थमा अनमोलले सिनेमामा काम नगर्न पूजाबाट लिएको पैसा समेत फिर्ता गरिसकेका छन् ।


यही क्रममा प्रसाद दुईको प्रीमियरमा भेट भयो । अंंकमाल गरियो, माया देखाईयो । फेरि दोहोरियो सहकार्यको प्रश्न, जवाफ उहीँ “पूजा त आफ्नै मान्छे हो, जहिले गर्दा पनि भयो” । यो पटक पैसा फिर्ताको कुराले रुष्ट भएर हुन पर्छ पूजा भड्किइन् । र भनिन,”यो त सब भन्ने कुरा न हो।”


हुन त गहिरिएर नियाल्दा पूजा र भुवनका धेरै कुराहरु क्यामेरामा भन्न कै लागि भनिएका झै लाग्छन् ।