काठमाडौं
एउटा सिनेमा सम्पन्न गर्न धेरै श्रीजनशिल हातहरु चाहिन्छन। तर यो कुरा “बुझ्नेलाइ श्रीखण्ड नबुझ्नेलाइ खुर्पाको बिड” सरह भएको पाइन्छ । सिनेमा ईतिहासमा अनेक प्रकारको आक्रमणका उतार चढावहरु धेरै आए, धेरै गए। ब्यक्ती बिशेष को कारण ले गर्दा एउटा सिङ्गो सिनेमामा हुने आक्रमण जस्मा धेरै जनाको अथक योगदान हुन्छ !
लेखक, निर्देशक, कलाकार लगायत अनेकन प्राबिधिक हरुलाई किनारा लाउदै ब्यक्ती विशेष ले गरेको कमजोरी का कारण ती श्रीजनकार हरुको अथक प्रयास र योगदान लाई सुरक्षित राख्न न कसैलाइ चासो हुन्छ न कसैलाइ सरोकार। छ त फगत विभिन्न संघ सस्थामा आफ्नो कोरा उपस्थिती देखाएर आफ्नो ब्यक्ति बिकास मा मात्र केन्द्रित भएका उदाहरण धेरै छन , जो सिनेमा साहित्यका लागि आउने दिनहरुमा अरु अप्ठ्यारो न आउला भन्न सकिन्न । विभिन्न सिनेमा सङ्ग सरोकार राख्ने सस्थाहरुमा आफ्नो उपस्थितीका लागि किन केन्द्रिय राजनिती मा झै हान थाप मात्र हुन्छ ।
एउटा निर्देशकले धेरै समय खर्चेर तयार पारेको कुनै सिनेमा चेपुवा मा पर्दै गर्दा निर्देशक समाजले के बोल्यो धेरैको पर्खाइ थियो , यो एउटा उदाहरण मात्र हो । तर सत्य चाहिँ के हो भने आफ्नो ब्यक्तिगत बिकास बाहेक यी र यस्ता बग्रेल्ती सस्था हरुले एउटा सिनेमालाइ अप्ठ्यारो पर्दा माखो मार्ने ल्याकत राख्दैनन यो प्रमाण सिद्ध छ। जस्को उदाहरण पछिल्लो नेपाली सिनेमा “प्रसाद २” लाई मान्न सकिन्छ ।
सबैभन्दा बढि झमेलामा परेको सिनेमा हो ‘प्रसाद २’ । सिनेमाको छायांकन नहुँदै विवादमा आएको सिनेमाको सुटिङका दौडानमा समेत निर्माता र कलाकारबीच लफडा पर्यो । यो सिनेमाको विवाद यतिमै सिमित रहेन ।
यहि चैत २४ गते रिलिज हुनुपर्ने सिनेमालाई केशव पाण्डेले यस सिनेमाका निर्माता सुवास थापा विरुद्ध लेनदेनको विवादमा अदालतमा रोक्न रिट दायर गरेका थिए। सोमबार उच्च अदालतले सिनेमा प्रदर्शनमा रोक खुल्ला गरेपछि निर्माता टिमले नयाँ प्रदर्शन मिति तोकेको छ।

अर्पन थापा, केकी अधिकारी र बिपिन कार्की स्टारर सोसल ड्रामा ‘प्रसाद २’ को प्रदर्शन मिति आगामी वैशाख १५ गते नयाँ रिलिज तोकेको हो । तर निर्माता थापा विरुद्धको पक्राउ पूर्जी अहिले पनि कायमै रहेको छ । निर्माता थापाले आफुले गल्ती गरेको र सिनेमा चलेपछि लागेको रकम फिर्ता गर्ने बताइसकेका छन्। उनले सामाजिक सञ्जाल मार्फत एक साता अघि सबै रकम फिर्ता गर्ने जानकारी दिएका थिए।