काठमाडौं : नयाँ वर्षको अवसर पारेर वैशाख १ गतेलाई प्रदर्शन मिति तय गरेको सिनेमा ‘नाईं नभन्नू ल ६’को प्रदर्शन मिति रोकिएको छ। कानुनी झमेलाका कारण सेन्सर बोर्डमा सेन्सर नभएपछि प्रदर्शन मिति रोकिएको बताइएको छ।
यो सिनेमाका निर्माता सन्जय न्यौपानेविरुद्ध अर्की निर्मात्री शर्मिला पाण्डेले चलचित्र विकास बोर्डमा उजुरी दिएकी थिइन् । सोही उजुरीका कारण सेन्सर प्रक्रिया अगाडि नबढेको कारणले तोकिएको मितिमा सिनेमा रिलिज गर्न नसकिएको जानकारीमा आएको छ।
अब यो सिनमा कहिले रिलिज होला भन्नेमा सबैको चासो रहेको छ। यस विषयमा निर्माण टिमले छलफल अगाडि बढाइरहेको बुझिएको छ। कानुनी झमेला सकिएपछि सिनेमाको नयाँ प्रदर्शन मिति तय हुनेछ।
विकासराज आचार्य निर्देशित सिनेमामा नायिका आँचल शर्मा, नव नायक आशिर्वाद क्षेत्री, अनुभव रेग्मी लगायतका कलाकारहरुको प्रमुख भुमिका रहेको छ।
लभस्टोरी जनरामा आधारित सिनेमाको यस् अघि टिजर, ट्रेलर र दुई वटा गीत निर्माण टिमले सार्वजनिक गरिसकेको छ।
तस्वीर स्रोत : रमाइलो छ