Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

कलाकार मात्रै थप्ने दिपेन्द्र जी ?

काठमाडौं : एक समय थियो दिपेन्द्र के खनालले सबै सिनेमामा सुरक्षा पन्तलाई लिन्छन् भन्ने आरोप लाग्थ्यो । चलाउनेले प्रेममा रहेको हल्ला चलाउन समेत भ्याए । तर सुरक्षाको हाल विवाह भईसकेको छ । उनी अहिले रियालिटी शो लगायतका काममा व्यस्त छिन् ।

यता दिपेन्द्र भने चर्चित सिनेमा पशुपति प्रसादको सिक्वेल छायांकनमा व्यस्त छन्। उनको सिनेमामा पहिला वर्षा शिवाकोटी मात्रै थिइन्। अहिले भने उनी नायिका थपेको थप्यै छन्। सुरुमा बर्षाको भुमिका नै नरहने चर्चा चल्यो । अझ भएन खगेन्द्र लामिछाने नहुने पनि भनियो। विपिन कार्कीले उक्त सिनेमामा अभिनय नगर्ने जनाए।

तर अहिले सिनेमामा नायिकाहरुको भिड नै लाग्न।थालेको छ । स्वस्तिमा खड्काको मुख्य भुमिका रहने त सिनेमा अनाउन्स्मेन्टकै बेला बताइएको थियो । त्यतिकैमा वर्षा पनि हुने भन्ने कुरा आयो । अब त सोही सिनेमामा आचल शर्मा पनि हुने खबर छ ।

यो सिनेमा चलेको सिनेमा हो। यसको चरित्रको क्रेजका कारण अझै पनि विपिन चलिरहेका छन्। तर अब सिक्वेल बन्दै गर्दा धेरै नायिका मात्रै भित्र्याउँदै गर्दा कलाकारको थुप्रो मात्रै लाग्ने त होइन भन्ने चिन्ता बढ्न थालेको छ।

कलाकार धेरै राख्दै गर्दा र कथामा समय दिन नसक्दा पहिलाको बनेको इमेज पनि डामाडोल त हुने होइन ? भन्ने सम्भावना समेत देखिएको छ । दिपेन्द्र आफैमा एक अब्बल लेखक समेत हुन् । यस बारे उनले पक्कै सोचेकै होलान्। र त यसरी कलाकारको भिड लगाएका होलान् ।