Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

चलेका कलाकारहरुमा संस्था प्रतिको मोह कम हो ?

काठमाडौं
कला जगतले आफ्नो देशको  संस्कृति ,सम्पदा ,रहन-सहन र विभिन्न कला र संस्कृती को प्रतिनिधित्व गर्ने हैसियत राख्छ। त्यस्मा पनि कलाकार कुनै भुगोलको हुदैन दुनियाको हुन्छ ।


घरेलु क्षेत्रमा  सिनेमा कलामा आफुलाइ समर्पित गरेका को हक, हित र पेशागत श्रीवृद्धिका लागि प्रतिनिधित्व गर्ने सङ्गठनको  ठुलो भुमिका रहन्छ।


यस्तैमा  सम्पुर्ण  कलाकारको हित र उन्नती अनि वृद्धि बिकासका खातिर  अघिल्लो पङ्तीमा उभिन  छिट्टै विभिन्न  सिनेमा सङ्गठनको नया कार्यसमितिका लागि चुनाव हुदैछ, चाहे त्यो निर्देशक समाज को होस या कलाकार संघ चुनाव ।

चलचित्र कलाकार संघ को आसन्न निर्वाचनमा मुलधारका अझ भनौ चिनिएका अनुहार हरुको गौण सहभागिता रहेको देखिन्छ। त्यस्मा कलाकारितामा कहलिएका केही अनुहार चिरपरिचित छन, यस्मा दुई मत नहोला। तर कम प्रोफाइल कलाकार हरुको उम्मेद्वारी हाबी देखिन्छ।


कलाकार संघ को  कार्यसमिति निर्माणका  लागि  अध्यक्ष पदमा  मोहन निरौला र रेजिना उप्रेती बिच प्रतिस्पर्धा हुदैछ।  अनुभव,साधना र संघ लाई हाक्ने सवालमा  मोहन निरौला अग्रपङ्तीमा देखिन्छन भने रेजिना आफुलाइ अब्बल साबित गराउन कम्मर कसेर लागेकि छिन । दुबै गुरु चेली हुन।  दुबै जना चिनिएका र चुनिएका कलाकारमा पर्छन, यस्मा कुनै गुन्जाएस छैन। तर उहाहरुका सहयोगीका रुपमा देखिएका उम्मेद्वारका  अनुहार हरुमा सम्पादन गर्ने ठाउँ  प्रसस्त भेटिएको सिने बृतमा खुबै चर्चा  छ। 

दुबै समुहका  अन्य सहयोगी उम्मेद्वार हरु मा नचिनिएका  अनुहारको हालिमुहाली रहेको सिने बजारमा गुनासो यत्र तत्र रहेको छ। कमजोर  प्रोफाइलका अनुहारहरुको  किन यति सारो मोह ? चिनिएका भनिएका हरुको किन गौण उपस्थिती?  ब्यबसायिक अनुहार भएका  कलाकारहरु त छैनन भन्दा पनि हुन्छ यो  पुरानै रोग हो कलाकार संघको ।  मुलधार र चलेका कलाकारहरुको प्रतिनिधित्वमा किन कन्जुस्याइ छ ? क्षमता नभएर हो या बितृस्णा ?  संघ  को कार्यसमिती मा बिजय पश्चात्  सहभागी उम्मेद्वार हरुको  दिशा निर्देश के हो? किन  होडबाजी देखिन्छ जुनसुकै पदका लागि ? देखिरहेका अनुहारहरु या कार्य सम्पादन मा अब्बल हुने हैसियत भएका  अनुहारहरुको किन संघमा  अभाव महसुस गरेका छन सिने कलाकार हरु ले नै  ?
सिने क्षेत्रमा आफुले  दिएको योगदान र आम मान्छे सङ्ग को सामिप्यताको दुरि, सहभागी उम्मेद्वारहरुलाइ नै प्रष्ट थाहा होला । 

पर्दामा चम्कने कलाकार हरुको प्रतिनिधित्व गर्न सक्ने सामर्थ्य राख्छन या राख्दैनन उम्मेद्वारलाइ नै छोडिदिउ अघिल्तिर उभिएर क्षमता प्रस्तुत गर्ने जोस र जागर को प्रतिबद्धता आउँछ आउदैन ? यी सबैको उत्तर ती अनुहारमा खोज्नु पर्ने बताउछन सिने पण्डित हरु । कलाकार भइसके पछि  देशका रहन्नन,  संसार का हुन्छन। जुनसुकै सिनेमा संघले प्रतिनिधि छान्दा आम नेपाली सिने जगतले गर्व गर्न सकोस। सबैलाइ शुभकामना ।।