Sur Cinema

Edit Content

ताजा अपडेट

जय हो’ को औपचारिक निर्माण घोषणा

काठमाडौं
शोभित बस्नेत प्रस्तुतकर्ता रहने सिनेमा ‘जय हो’ को बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच औपचारिक रुपमा निर्माण घोषणा गरिएको छ ।
टेक पौरखी राईको निर्देशन निर्माण हुने सिनेमामा अर्पण थापा सलोन बस्नेत केकी अधिकारी निशा अधिकारी, माओत्से गुरुङ, गणेश बुढाथोकी, दिपा शाक्य श्रेष्ठ, सुबि मगर, सुमिन गुरुङ  अथिती कलाकारमा रोहित रुम्बा लगायतको अभिनय रहेको छ ।

सिनेमाको द्धन्द्व निर्देशनमा सम्राट बस्नेत, कोरियोग्राफीमा कबिराज गहतराज र रामजी लमिछाने, सम्पादनमा बनिश शाह, मुख्य सहायक निर्देशकमा दिप्त प्रकाश अधिकारी, प्रोडक्सन म्यानेजरमा केबलमान सिङ बस्नेत र गणेश भण्डारी, निर्माण संयोजकमा सुभाष काफ्ले दुखी रहेका छन् ।

सिनेमा आगमी चैत्र ५ देखि फ्लोरमा जाने सिनेमाको ९० प्रतिशत मुस्ताङ र १० प्रतिशत छायांकन पोखरामा गरिनेछ । सुरेश न्यौपानेको कथा लेखन रहेको सिनेमामा सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ । कमेडी, एक्सन र लभस्टोरीको समिश्रण रहने सिनेमा आगामी भाद्र ८ अर्थात अगष्ट २५ मा रिलिज गरिने निर्माण टिमले जानकारी गराएको छ ।
सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण हुने सिनेमाको निर्मातामा राज के अधिकारी र सुरज सरकार छन् । अधिकारी र सरकार जय हो विजनेश ग्रुप र सनराइज ग्रुप अष्ट्रेलिया रकडेलका सञ्चालक हुन् ।