Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

सूर्यमालालाई ब्यस्त बनाउँदै निकेश खड्काले ल्याए आमा गीत

काठमाडौं 
चलचित्र निर्देशक समेत रहेका निर्देशक निकेश खड्काको निर्देशनमा आमा बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
सविसंगम राईको संगीतमा गायक नरेन्द्र राईले आफ्नी दिवंगत आमा बिन्द्र माया राईको सम्झनामा गाएको गीतका शब्दलाई जानुका राईले रचेकी हुन । भिडियोमा गायक नरेन्द्रले छोराको भूमिकामा आफैले अभिनय गरेका छन भने उनकी आमाको भूमिकामा शसक्त अभिनयकी धनी कलाकार सूर्यमाला खनालले अभिनय गरेकी छिन ।

सूर्यमाला खनाल लोकप्रिय अभिनेता सरोज खनालकी अर्धाङिनी समेत हुन जो नेपाली सिनेमा, नाटक र म्यूजिक भिडियोहरुमा बेला बेलामा देखिईरहन्छिन । उहाँ जस्तो कलाकारलाई हामी मेकरले चिन्दैनौ आज कति मान्छे निकै ब्यस्त रहदा उहाँ जस्तो कलाकार खाली बस्न परेको छ । त्यसैले उहाँको सम्मान स्वरुप पनि मैले यस पटक उहाँसँग काम गर्ने मौका पाए जुन निकै राम्रो अनुभूति भयो निर्देशक खड्काले भनेका छन ।
मातृत्व बर्णन गरिएको शब्दलाई गायक नरेन्द्र जीको आमा प्रतिको माया र सम्झना समेट्दै आफूले रचना गरेको र गायक नरेन्द्र राईले त्यसलाई पूर्ण साकार परिदिएको भन्दै रचनाकार राईले यो गीत हरेक सन्तानका लागि आमा सम्झिने एक गीत भएको बताएकी छिन । २०२३ फ्रेब्रुअरी १९ तारिखका दिन आमा गुमाएका गायक राईले यो गीत बनेपछि बल्ल मनमा शान्ति भएको र आमा सधै आफूसँगै रहेको अनुभूति भएको बताएका छन ।