Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘छक्का पन्जा ४’ को गीत ‘सिरुपाते जुँगामा’ रिलिज

काठमाडौं : गत शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘छक्का पन्जा ४’को नयाँ गीत रिलिज गरिएको छ। निर्माण टिमले मंगलबार ‘सिरुपाते जुँगामा’ बोलको गीत रिलिज गरेको हो।

गीतमा बाबुल गिरीको स्वर रहेको छ। गीतको शब्द शंकर अधिकारी ‘घायल’ले लेखेका हुन् । संगीत र अरेन्जमेन्ट चाहिँ बाबुल गिरीकै रहेको छ।

गीतले रिलिज अगाडि नै दर्शक स्रोताको अत्याधिक मन जितिसकेको छ। गीतमा हजारौं टिकटक समेत बनिसकेका छन् ।

सिनेमाको ट्रेलरमा यो गीत थोरै समेटिएको थियो। त्यही थोरै गीतले चर्चा पाएपछि निर्माण टिमले पुरै गीय सार्वजनिक गरेको हो।

हलमा यतिबेला यो सिनेमाले निकै राम्रो व्यापार गरिरहेको छ। कमेडी र राजनीति बेथितिको बारेमा बनेको ‘छक्का पन्जा ४’ मा दिपकराज गिरीको कथा र लेखन रहेको छ। सिनेमालाई हेमराज बिसीले निर्देशन गरेका हुन् ।

यो सिनेमाका कार्यकारी निर्मातामा केदार घिमिरे र निर्मल शर्मा रहेका छन् । त्यस्तै, दिपेन्द्र खानिया र केशव न्यौपाने निर्मातामा रहेका छन् ।

सिनेमामा दिपकराज गिरी, दिपाश्री निरौला, बेनिशा हमाल, राज आचार्य, बुद्धि तामाङ, केदार घिमिरे, निर्मल शर्मा लगायतका कलाकारहरुको अभिनय रहेको छ।