काठमाडौं : सुदर्शन थापा निर्देशित सिनेमा ‘प्रसाद २’को ट्रेलर रिलिज गरिएको छ। निर्माण टिमले केही दिन अघि ट्रेलर रिलिज गरेको हो।
सार्वजनिक ३ मिनेट १५ सेकेन्डको ट्रेलरमा अभिनेता बिपिन कार्की, अभिनेत्री केकी अधिकारी र अभिनेता अर्पण थापालाई देखाइएको छ।
ट्रेलर हेर्दा सिनेमाले राजनीतिक र सामाजिक कथालाई उठान गरेको आभाष हुन्छ। जातीय विभेद अन्त्य गर्नका लागि बाबुराम पात्रले गर्ने संघर्षलाई ट्रेलरमा देखाइएको छ।
यो सिनेमा आगामी चैत्र २४ गतेबाट प्रदर्शनमा आउँदैछ। एसजी फिल्मस र सुलभ थापा प्रोडक्शनको संयुक्त व्यानरमा यो सिनेमा निर्माण भएको हो।
सिनेमामा विपिन कार्की र केकी अधिकारीको मुख्य भुमिका रहेको छ। विपिन र केकीका अलावा अर्पण थापा, महेश त्रिपाठी, कमलमणी नेपाल लगायतका कलाकारको समेत अभिनय रहेको छ।
सिनेमाको कथा सुशील पौडेलले लेखेका हुन् । राजेश श्रेष्ठले खिचेको सिनेमालाई मिलन श्रेष्ठले सम्पादन गरेका छन् । सिनेमाका निर्माता सुदर्शन बस्नेत हुन् ।