काठमाडौं
लायन्स क्लव अफ बुटवल स्मार्ट सिटीले बुटवलमा छक्का पञ्जा ४ को च्यारेटी शो गरेको छ । सामाजिक कार्य गर्ने उद्देश्यले शनिबार विहान ८ बजे बुटवलको सिटी सेन्टरमा रहेको आईएनआई सिनेमामा च्यारेटी शो आयोजना गरेको हो । च्यारेटी शोमा १ सय ६३ जनाले सिनेमा हेरेका थिए । सिनेमा हेरेका सवैले छक्का पञ्जा ४ सिनेमा उत्कृष्ट बनेको प्रतिक्रिया दिएका थिएका थिए ।
सिनेमा हेरेर फर्किएका अधिकांश दर्शकले यसको कथावस्तु, प्रस्तुति, कलाकारको अभिनयलाई उत्कृष्ट भनेका छन् । दर्शकको वर्ड अफ माउथका कारण पनि सिनेमाले आगामी दिनमा उच्च कमाई गर्ने छनक दिएको छ । चलचित्र पत्रकार संघ रुपन्देहीका कोषाध्यक्ष राजिव भुसालको संयोजनमा च्यारेटी शो भएको थियो । च्यारेटी शो बाट बचत भएको रकमलाई अनाथ असाहयलाई सहयोग गर्ने लायन्स क्लव अफ बुटवल स्मार्ट सिटीका अध्यक्ष जीतु रानाले बताए ।
हेमराज विसीले निर्देशन गरेको सिनेमामा दीपक, दीपा, केदार, निर्मल, बुद्धि, राजसँगै सुश्मा निरौला, वेदना राईलगायत कलाकारको अभिनय छ। सिनेमाको कथा दीपकराज गिरीले तयार पारेका हुन्।
नरेन्द्र मैनालीले छायांकन गरेको सिनेमालाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन्। आमा सरस्वती मुभिज र आइएमीको प्रस्तुति रहेको सिनेमा हिजो शुक्रबार देखि प्रर्दशनमा आएको हो ।
सिनेमाले नेपाली सिने क्षेत्रमा फेरि एकपटक चहलपहल ल्याइदिएको छ । यो साता केही सार्वजनिक बिदा समेत परेकाले सिनेमालाई फाइदा हुने पक्का छ ।