Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

थारु गीत “सलौली सलौली” सार्वजनिक

काठमाडौं । थारु भाषाको गीत खेलब होली “सलौली सलौली” सार्वजनिक भएको छ । प्रभात पाल ठकुरी र अन्जु कुष्मी अभिनय रहेको खेलब होली “सलौली सलौली” आर प्रोडक्सन युट्युब च्यानल मा सार्वजनिक गरिएको हो ।

फागुपूर्णिमा (होली) लाई मध्यनजर गर्दै बनाइएको गीत सुदुरपश्चिम प्रदेश को कैलाली जिल्ला का बिभिन्न क्षेत्रमा मा छायांकन गरिएको हो।

यश गीतमा स्वर राज कुश्मी र सोनु कुश्मीको रहेको छ । त्यस्तै कोरियोग्राफी प्रदीप थारू, एरेन्ज गणेश चौधरी ले गरेका थिए। भिडियो निर्देशक विकाश प्रसाईं ले निर्देशन गरेका हुन ।