काठमाडौं : अनमोल केसी अभिनित सिनेमा ‘छड्के २’ रिलिजको संघारमा छ । सिनेमा हलमा लाग्ने समय एक साता मात्रै बाँकी रहदा यसको न हल्ला छ,न त्यस्तो चर्चा नै ।
चुपचाप रिलिज हुन लागेको यस सिनेमाबाट अनमोल निकै आशाबादी देखिएका छन् । उनी सामाजिक सञ्जालबाट सिनेमा आउन लागेको सन्देश आफ्नो फ्यानहरुलाई बाँडी रहेका छन् । यहि फागुन १९ गतेबाट हलमा लाग्ने यश सिनेमा मार्फत अनमोलले आफूलाई अभिनयमा प्रमाणित गर्न सक्ने संकेत ट्रेलरमार्फत समेत दिएका थिए ।
सिनेमामो ट्रेलर काट्दै गर्दा अनमोलका पिता तथा चलचित्र विकास बोर्डका अध्यक्ष समेत रहेका भुवन केसीले हस्तक्षेप गरेको कुरा पनि सार्वजनिक भएको छ । उनकै रोहबरमा ट्रेलर काटिएको थियो। सिनेमाको प्रचारप्रसार भन्दा आफ्नै गुइठे समाचारमार्फत चर्चामा रहेका अनमोेल हल्ला खल्लै नगरी सिनेमा रिलिज गर्ने मुडमा देखिएका छन्।

नेपालका अभिनेताहरुमा सर्वाधिक महँगा अभिनेता अनमोलले एक सिनेमाका लागि ७० लाख मागेको चर्चा ताजै रहेको छ । उनले आफ्नो हरेक सिनेमामा ५० लाख पारिश्रमिक लिएको हल्ला चलाउदै आएका थिए ।
यस पटक भने सिनेमा नै गुमनाममा चलाउन खोज्दैछन् । यदि हल्लै नगरी सिनेमा चल्यो भने त ठिकै छ। तर, चलेन भने के गर्ने होला अनमोल ?


















