Sur Cinema

Edit Content

ताजा अपडेट

‘छक्का पञ्जा ४’को छैन हल्ला खल्ला, ब्राण्डकै भरमा यो सिनेमा चल्ला?

काठमाडौं :

सिनेमा ‘छक्का पञ्जा ४’ को छायांकन हुनुभन्दा अघिबाटै चर्चामा रहेको छ । यहि फागुन १९ गते अलनेपाल रिलिजकोे तयारीमा रहेको सिनेमाको प्रचारप्रसारमा निर्माण टिम खासै सक्रिय देखिदैन ।


अघिल्ला सिनेमामा नेपालका सातै प्रदेश टुर गर्ने निर्माण टिम यसपटक भने चुपचाप छ। दीपकराज गिरी र दीपाश्री निरौलाको सिनेमा भनेपछि एकलौटी हलमा चल्थ्यो । त्यो समयमा भने उनीहरुको प्रचारप्रसारमा तिब्रताका साथ लाग्थे । यस पटक भने सोही मिति मै अनमोल केसी अभिनित सिनेमा ‘छड्के २’ रिलिज हुँदैछ । जसलाई समेत प्रतिक्षित सिनेमाको रुपमा हेरिएको छ ।

अनमोलसँग सिनेमा भिड्ने हुँदा पनि प्रचार प्रसारलाई दीपकदीपाले वास्तै गरेको देखिदैन। यसले गर्दा उनीहरुको ब्राण्डमा भर परेका हुन कि भन्ने अनुमान लगाउन सकिन्छ। त्यसो त बलिउड सिनेमा “पठान ।” ले पनि प्तचारका लागि मिडिया धाएको थिएन । सिनेमाका सामाग्री बाहेक क्व्हे! पनि प्रयोग र तामझाम गरेकै थिएन । तर सिनेमाले ब्लक बस्टर व्यापार गर्यो । अघिल्ला सिनेमामा नाम नै नसुनिएका युट्युब च्यानलमा समेत अन्तरवार्ता दिन उपस्थित हुने निर्माण टिम यस पटक दीपाको कार्यक्रम कमेडी क्लबमार्फत मात्रै प्रचार प्रसार गरिहेका छन्। अन्यमा खासै प्राथमिकता दिएको पाइदैन। यसबाट के बुझिन्छ भने दीपकदीपाको टिमले ब्राण्डकै भरमा चल्छ भन्ने सोचेका छन्।