Sur Cinema

Edit Content

ताजा अपडेट

‘बिहे पास’ टिजर : सरकारी जागिरको खोजीमा दयाहाङ

काठमाडौं : सिनेमा ‘बिहे पास’ को टिजर बुधबार सार्वजनिक गरिएको छ । दयाहाङ राई र प्रकृति श्रेष्ठ स्टारर करिब साढे १ मिनेट लामो टिजर रिलिज भएको हो । यस टिजरलाई निर्माण टिमले बुढा सुब्बा डिजिटलमार्फत दर्शकमाझ ल्याइएको हो ।

फस्टलुक पोस्टर सार्वजनीक सँगै चर्चामा रहेको ‘बिहे पास’ को टिजरमा दयाहाङ र प्रकृतिलाई पतिपत्नीको रुपमा देखाइएको छ । जहाँ प्रकृति सरकारी अधिकृत र दयाहाङ भने सरकारी जागिरको खोजीमा मरिमेटेको कुरा बुझीन्छ । टिजरमा आम नेपालीको चासो र चाहनाको बिषय समेटिएकाले पनि दर्शकले यो सिनेमाप्रति निकै आश राखेको पाइन्छ ।

प्रबेश पौडेलको निर्देशनमा रोहित कटेल र रत्न श्रेष्ठले निर्माण गरेको सिनेमामा दयाहाङ र प्रकृतिका साथमा श्याम राई,बिशाल पहाडी,सुवास गजुरेल,हिउँवाला गौतम,रुषा न्यौपाने,नवीन शेरचन,उमा बानियाँ र प्रकाश भुजेलले अभिनय गरेका छन् ।

शिब ढकालले खिचेको सिनेमाको गीतमा प्रबेश मल्लिकको संगीत,डिपी खनालको गीत,शैलेन्द्र प्रधानको पाश्र्व संगीत छ । रामजी लामीछानेको कोरियोग्राफी रहेको सिनेमा मित्र डि गुरुङले सम्पादन गरेका हुन् । मर्रे केर,आकाश बराल र सजन काफ्लेको कथा रहेको सिनेमाको पटकथा र सम्वाद भने आकाश र सजनले तयार पारेका हुन् ।

आरआर सिने प्रोडक्शनको निर्माण र बितरण रहेको सिनेमा पूर्वी नेपालका बिभिन्न रमणीय स्थलमा खिचिएको हो । रोहित कटेलको प्रस्तुति, रत्न श्रेष्ठ कार्यकारी निर्माता,रोजन श्रेष्ठ निर्माता,ग्याल्जेन लामा र बालकृष्ण पाख्रिन सहनिर्माता रहेको सिनेमालाई निर्माण पक्षले नयाँ बर्ष २०८० को दर्शकलाई उपहार स्वरुप बैशाख १ गते प्रदर्शन गर्न लागेको बताउदै आएको छ ।