काठमाडौं
नेपाली सिने जगतमा विभेद छ । स्विकार्नु नस्विकार्नु आफ्नो कुरा भयो । तर गुठ उपगुठ बनाउने र आफ्नो ग्रुपमा अरुलाई नलिने यथार्थ छर्लङ्ग देखिन्छ । व्यक्तिगत दुस्मनी काममा निकालेको सत्य पनि कही लुकेको छैन । र सम्भवत यो क्रम यति सजिलै रोकिदैन ।
त्यसो त “गोजीका मिडिया” भन्दै कलाकारले मिडिया चलाइदिएको आरोप पनि केही लाग्ने गरेको छ । यस्को सत्यता बारे चर्चा गर्दै गरौला । आजको बिषय भने रहेको छ, कमेडी क्लव विथ च्याम्पियन्सको ।
यही फागुन १९ गतेबाट सिनेमा “छक्का पन्जा ४” लाग्दै छ । यो सिनेमालाई ब्यवसायिक रुपमा सफल हुने सिनेमा मानिएको छ । यसअघि यो टिमको सफलताले पनि यो सिनेमा सफल हुनेमा धेरै आशाबादी रहेका छन । मेकर्स पनि एक प्रकारले ढुक्क नै छन । अहिले सिनेमाको प्रमोसनको समय चलिरहेको छ । र दीपा श्री निरौला अध्यक्ष भएको विशाल भण्डारीको क्लवमा उक्त टिम हरेक हप्ता जस्तै पुग्न थालेको छ ।
केही हप्ता अघि गीतको टोली संगीतकार, गायक, गायिका र रचनाकार पुगे र सिनेमाको प्रमोसन गरे र आजको कार्यक्रममा सोही टिमबाट नीर शाह, बुद्दि तामाङ र राज आचार्य उपस्थिती जनाउदै छन ।
त्यसो त जितु नेपालले मुन्द्रेको कमेडी क्लवबाट दीपालाई हटाउदा आफ्नो सिनेमाको टिम बाटै निकाल्ने उनी अब आफै सर्वैसर्वा भएको कार्यक्रममा आफ्नो सिनेमा प्रमोट नगरी त के बस्थिन र ? आफ्नै हातमा डाढु पन्यु भएको मौका न पर्यो । तर यो क्षेत्र भन्दा बाहिर पनि अन्दाजा लाग्ने गरि अर्को सिनेमा “छड्के २” पनि सोही दिन लाग्दै गर्दा एकोहिरो एकै सिनेमा प्रमोट गरिनु उदेख लाग्दो छ । र यसको असर समग्र कार्यक्रमको इमेजमा नै पर्न जाने देखिन्छ ।