Sur Cinema

Edit Content

ताजा अपडेट

उपराष्ट्रपति नन्दकिशोर पुनद्वारा राष्ट्रिय व्यक्तित्व तथा कलाकार सर्जक सम्मान २०७९ बाट सम्मानित हुँदै मोडल तथा अभिनेता दीपक घिमिरे

काठमाडौं
उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली सिनेमाको बिषयमा बोलेका छन । उनले नेपाली समाज रुपान्तरणमा सिनेमाले क्षेत्रले खेलेको भूमिका अतुलनीय रहेको बताए ।
ग्लोबल टेलिभिजनबाट प्रसारण भइरहेको टेलिश्रृंखला ‘अब जे होला होला’ को ५१औँ भाग पूरा भएको अवसरमा बुधवार आयोजित कार्यक्रममा उनतले सिनेमा मानव जीवनको अभिन्न अङ्ग भइसकेको बताएका हुन् ।

नेपाली सिने क्षेत्रमा टेलिचलचित्रको आफ्नै भूमिका रहेको उल्लेख गर्दै उनले विशेष गरी हास्य टेलिचलचित्रको प्रभाव र त्यसप्रतिको आकर्षण बढ्दै गएको बताए ।

देशको राजनीतिक तथा सामाजिक रुपान्तरण, भाषा, संस्कृति, गीत, सङ्गीत, साहित्यको संरक्षण, प्रवद्र्धनमा उच्चतम् योगदान दिने राष्ट्रका सम्पत्ति कलाकारलाई उचित सम्मान र पुरस्कृत गर्न आवश्यक रहेको उनको भनाइ छ । उनले भोलिका वरिष्ठ कलाकार, आजका प्रतिभावान् कलाकार जीविकोपार्जनका लागि विदेशिनु पर्ने बाध्यता रोक्न सरकार र सबै पक्षको ध्यानाकर्षण गराए ।

कार्यक्रममा नेपालको पहिलो नायिका भुवन थापा चन्द, वरिष्ठ कलाकार बसुन्धरा भुसाल, चैत्यदेवी सिंह, लय सङ्ग्रौलालगायत कलाकार, गीतकार, निर्माता, निर्देशक, सञ्चारकर्मी, प्राविधिकलाई सम्मान गरिएको थियो ।