Sur Cinema

Edit Content

ताजा अपडेट

भगवान शिवको रुपमा देखा परे अभिनेता प्रदीप

काठमाडौँ
गायिका रचना रिमाल र प्रिया सुवेदीको स्वरमा भजन “चिलिम भरेर” बोलको भिडियो सार्वजनिक भएको छ । यस भिडियोमा नायक तथा मोडल प्रदीप बास्तोलालाई भगवान् शिवको रुप देख्न सकिन्छ ।
बिक्रम चौहानको निर्देशन र प्रकाश खड्काको छायाकन रहेको भिडियोलाई पशुपति मन्दिर परिसरमा छायाकन गरिएको छ । यस “चिलिम भरेर” बोलको भिडियो शिवरात्रीलाई लक्षित गरेर सार्वजनिक गरिएको हो । भिडियोमा भगवान् शिबलाई खुशी बनाउन खोजिएको छ । शीतल कादम्बीनीको लेखन तथा निर्माण रहेको छ।