काठमाडौं
महा शिबरात्रीको अबसर पारेर बर्षकै प्रतिक्षित सिनेमाका रुपमा हेरिएको ‘बिहे पास’को अफिसिएल पोस्टर शनिबार सार्वजनीक गरिएको छ । नयाँ बर्ष २०८० को बैशाख १ गते प्रदर्शन हुने सिनेमाको सार्वजनीक तीन प्रकारका पोस्टरमा प्रमुख कलाकार–दयाहाङ राई,प्रकृति श्रेष्ठ,बुद्धि तामाङ,शिसिर वाङ्देल, रबिन्द्र झा र रुषा न्यौपानेलाई देख्न पाइन्छ ।
निर्माण टिमले प्रदर्शन मितिलाई ‘जन्त जाने दिन’ भन्ने नारा दिएको छ । प्रवेश पौडेलको निर्देशन,रोहित कटेलको प्रस्तुति, रत्न श्रेष्ठ कार्यकारी निर्माता,रोजन श्रेष्ठ निर्माता तथा ग्याल्जेन लामा र बालकृष्ण पाख्रिन सहनिर्माता रहेको सिनेमा पूर्वी नेपालका बिभिन्न रमणीय स्थलमा खिचिएको हो ।
आरआर फिल्मस् प्रोडक्शनको ब्यानरमा निर्मित सिनेमाको बितरण पनि आरआर फिल्म्सले गर्दैछ । शिब ढकालले खिचेको सिनेमामा श्याम राई,बिशाल पहाडी,सुवास गजुरेल,हिउँवाला गौतम,नवीन शेरचन,उमा बानियाँ,प्रकाश भुजेललगायतका कलाकारको समेत अभिनय छ । डिपी खनालको शब्द रहेको सिनेमाको गीतमा प्रबेश मल्लिकको संगीत छ भने रामजी लामीछानेको कोरियोग्राफी,शैलेन्द्र प्रधानको पाश्र्व संगीत अनि मित्र गुरुङको सम्पादन छ । मर्रे केर,आकाश बराल र सजन काफ्लेको कथा रहेको सिनेमाको पटकथा र सम्वाद भने आकाश र सजनले तयार पारेका हुन् ।