Sur Cinema

राजन कार्कीको अनटाइटल सिनेमाका लागि कलाकार खोजी

काठमाडौँ
कान्तिपुर मोडल एजेन्सीको ब्यानरमा बन्न लागेको अन टाईटल प्रोजेक्टका लागि कलाकारको खोजी सुरु भएको छ । पुरुष कलाकारको हकमा १८ देखि २५ बर्ष उमेर हुनुपर्ने साथै महिला कलाकारको उमेर हद १८ देखि २२ बर्ष हुनुपर्ने छ भने बाल कलाकारको हकमा ४ देखि १२ बर्ष उमेर हद तोकिएको छ।
निवेदन आएका मध्यको अडिसन यहि आउँदो फागुनको अन्तिम साताबाट हुनेछ। इच्छुक कलाकारहरुले कान्तिपुर मोडल एजेन्सीको अफिसियल पेजमा गएर सम्पर्क गर्न सक्नेछन ।

दुर्गा बिस्टको प्रस्तुती रहने सिनेमाको निर्देशक को हुने टुङो भएको छैन । हाल सम्म गोविन्द राज खड्का, मनोज दर्नाल लगायतका केहि कलाकारहरुको छनौट भएता पनि आगामी अडिसनबाट सम्पूर्ण कलाकारहरु पक्का हुने निर्माण टिमले बताएको छ। अडिसनबाट छानिएका कलाकारहरुलाई लिएर निर्माणले वर्कशप गरे पछि मात्र सिनेमा छायांकनमा जानेछ।

सोसियल ड्रामामा आधारित सिनेमाको अडिसनमा निर्देशक शंखर कार्की, कास्टिंग निर्देशक सुरेन्द्र क्षेत्रि तथा थिएटर आर्टिस्ट सागर कार्कीले कलाकार छनौट गर्ने छन । सिनेमा राजन कार्कीले निर्माण गर्न लागेका हुन ।