Sur Cinema

Edit Content

ताजा अपडेट

“फूलबारी”मा प्रियंका ससुरा बा बिपिन

काठमाडौं
कलाकरिता थालेपछी धेरै पात्रको जिवन बाच्न पाइने । कहिले तन्नेरी बनेर रोमान्स गरिने त कहिले बयस्कको भुमिकामा आफू फिट हुनुपर्ने । त्यही मान्छे कहिले माग्नेको भुमिकामा हुन्छ त कहिले करोडपतीको ।

यसरी विभिन्न भुमिकामा आफुलाई नियाल्न पाउनु नै कलाकारिताको खासियत पनि हो । तर सबैमा यस्तो क्षमता हुन्छ भनेर सोच्नु जायज देखिदैन ।

धेरै कलाकारले आफुमा मेहनतको बानी नबसाली एकै प्रकारको भुमिकामा रमाउने गर्छन । त्यस्ता कलाकार त कति छन कति ।
तर कोही भने आफुलाई चरित्र अनुरुप ढाल्न कपाल देखि नङ सम्मै ध्यान दिन्छन । लवज शारिरिक हाउभाउ सबै सबै । त्यस्तै कलाकारको भिडमा एउटा नाम छ बिपिन कार्की को ।

हो उनै बिपिन यस शुक्रबारबाट हलमा लाग्दै गरेको सिनेमा “फूलबारी” मा नायिका प्रियंका कार्कीको ससुरा बन्दै छन । उमेर कै कुरा गर्दा यी दुईको उमेर अन्तर खासै छैन । तर पात्रमा भने दुई पुस्ता भएर गर्दै छन । ट्रेलरमा नै आकर्शक देखिएको यो सिनेमाले हलमा दर्शक तान्ने अपेक्षा गरिएको छ । राम बाबू गुरुङले निर्देशन गरेको सिनेमा भएकोले पनि अझ बढी अपेक्षा दर्शकले गरेका हुन ।