काठमाडौं :
कहिले आफ्नै बोलीका कारण त कहिले अन्तरवार्ताको विवादित अंश नकाटेको भन्दै विवादमा पर्दै आएका रजतपट अंकलका प्रस्तोता प्रकाश सुवेदी चलचित्र विकास बोर्डको सिने महोत्सवमा भाग लिन दुबई उडेका छन् ।
शनिबार साँझ सिनेकर्मीका साथमा उनी दुबई उडेका हुन् । शनिबार साँझ एयरपोर्टमा पत्रकार सम्मेलनमा भेटिएका प्रस्तोता सुवेदीलाई पत्रकारले बोर्ड खारेजको माग गर्ने अनि बोर्डकै कार्यक्रममा जाने भन्दै प्रश्न गरेका थिए । उक्त प्रश्नको सामना गर्दै प्रकाशले खारेज गर्नु र कार्यक्रममा जानु अलग अलग विषय भएका तर्क दिए ।
‘खारेज गर्नु र कार्यक्रममा जानु अलग अलग विषय हो । जस्तै अझै पनि बेथितिका कुराहरु छन् । चलचित्र विकास बोर्ड खारेज गर्नु भनेको चाही अहिले बोर्डका पदाधिकारीलाई भनेको हैन मैले,‘उनले भने,‘नेपाल सरकारलाई भनेको हो मैले । नेपाल सरकारको पनि प्रमुख निकायलाई भनेको हो ।’
आफ्नो हरेक कार्यक्रममा बोर्डको काम नभएको र यसलाई खारेज गर्नुपर्ने अडान राख्दै थिए । उनको पटक पटकको भनाईको निच मार्नका लागि बोर्डका अध्यक्ष भुवन केसीले सुर्य कर्पोरेसन कम्पनीले आयोजना गरेको सिने फेस्टिभलमा सहभागी हुन दुबई हिडेका हुन् । भनिन्छ नि सुबेदीको बानी नपाउन्जेल लोकाचार पाएपछि मानाचार !