Sur Cinema

Edit Content

ताजा अपडेट

पल शाहलाई ‘मनसँग मन’मा पूजाले शाहरुख खान देखेपछि !

काठमाडौं
आफुले नाचेको सिनेमामा अभिनेत्री पूजा शर्माले पल शाहलाई शाहरुख खानको ट्याग दिएकी छिन् । शुक्रबार सिनेमा ‘मनसँग मन’को विशेष शो सकिएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अभिनेत्री पूजा शर्माले अभिनेता पल शाहलाई शाहरुख खान झैँ लागेको बताएकी हुन् । उनले सिनेमामा पलको अभावले आफूलाई सिने क्षेत्र नै खल्लो लागेको बताइन् ।

पूजाले शाहको बयान गर्दै आलुसँग तुलना गरेकी छन् । उनले पल सबैसँग मिल्ने आलुको रुपमा चित्रित गर्दै सरल व्यक्ति भएको तर्क गरिन् ।

पुष्प खड्का र वर्षा शिवाकोटीका साथै सिनेमामा पल शाह र पूजा शर्माले यस सिनेमाको एउटा गीतमा नृत्य गरेका छन् । सोही क्रममा सिनेमा हेर्न पूजा हलमा पुगेकी हुन् । सिनेमामा वर्षा र पुष्पको अलवा बुद्धि तामाङ, रवीन्द्र झाको मुख्य भूमिका छ ।
कैलाश राईले निर्देशन गरेको यस सिनेमामा अरुण तामाङको लगानी छ । सौरभ इन्टरटेन्मेन्ट र बालाजी इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको यो सिनेमामा अर्जुन जीसीको सम्पादन,सौरभ लामाको छायांकन, रामजी लामिछाने र कमल राइको कोरियोग्राफी रहेको छ ।

कैलाश राईकै कथा तथा पटकथा रहेको यस सिनेमामा अर्जुन पोखरेल, अगोमा गुरुङ र दीपक शर्माको संगीत छ । यो सिनेमासँगै एक्सन सिनेमा ‘आँधी तुफान २’पनि शुक्रबारबाटै हलमा चलिरहेको छ ।