Sur Cinema

Edit Content

ताजा अपडेट

‘क्यामिनो’मार्फत अभिनयमा फर्कदै राज बल्लभ

काठमाडौं ।
फागुनबाट छायांकनमा निस्किने भनिएको सिनेमा ‘क्यामिनो’मा अभिनेता राज बल्लभ कोइराला अनुबन्धित भएका छन् । उनले शनिबार आफु यस सिनेमामा अनुबन्धित भएको भन्दै सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।

उनले क्यामिनोको पोष्टर सहित सिनेमा कहिले खेल्ने दाई भन्नेलाई जवाफ स्वरुप यसै वर्ष ‘क्यामिनो’मार्फत अभिनयमा फर्किएको बताएका छन् । उनले लेखेका छन्,‘‘दाई नेपाली चलचित्रमा फेरी कहिले आउनु हुन्छ?यो वर्ष, ‘कामिनो’ सँगै ।’

उनी नेपाली सिनेमामा करिब १० वर्षको अन्तरालमा फर्किएका हुन् ।अमेरिकामा बसोबास गर्दै आएका अभिनेता कोइराला सिनेमामा फर्किन लागेकोमा धेरैले बधाई समेत दिएका छन् ।

यसअघि सिनेमाका लागि अभिनेता प्रदीप खड्का र अभिनेत्री वर्षा शिवाकोटी अनुबन्धित भइसकेका छन् । सिनेमाले दक्षिण अमेरिकी मुलुक हुँदै जोखिम लिएर पैदल अमेरिका प्रवेश गर्ने एक जोखिमपूर्णको यात्राको कथा बोल्ने निर्माण पक्षको भनाई छ । सिनेमाको पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन् ।