Sur Cinema

Edit Content

ताजा अपडेट

बिहेका लागि बधु खोज्दै पुष्प

काठमाडौं
हालै ब्रतवन्ध गरेमा अभिनेता पुष्प खड्काले बिहेका लागि बधु खोजिरहेका छन् । उनले आफु बल्ल विवाहको लागि योग्य भएको बताएका हुन् ।

सिनेमा ‘मनसँग मन’को प्रचारप्रसारमा जुटेका पुष्पले एक अन्तरवार्तामा आफु बिहेका लागि योग्य भएको अब छिट्टै बिहे गर्ने तयारीमा रहेको बताए ।

‘ब्रतवन्ध भयो अब म बिहेको लागि खोज्दैछु है भन्न खोजेको मैले,’हात जोडेर पुष्पले भने । एक साता अघि कपाल नखौरी हतारमा हतारमा ब्रतवन्ध गरेर फागुनमा विहे गर्न लागेको चर्चा चलेको थियो । तर, उनले आफ्नो प्रेमिका नभएको संकेत गर्दै आफु दुलहीको खोजिमा रहेको तर्क गरे ।

यसै वर्ष मात्रै उनका दुई वटा सिनेमा रिलिज भइसके भने अर्को सिनेमा ‘मनसँग मन’यहि २७ गते सिनेमा घरमा लाग्दैछ । उनका प्रदर्शन भइसकेका सिनेमाले खासै उत्साहजनक व्यापार गर्न सकेन ।