Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

राष्ट्रिय समन्वय परिषद पोर्चुगलको अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं : नेपाल तथा युराेपका विभिन्न देशहरुबाट हावाई मार्ग र पैदलमार्ग हुँदै पोर्चुगल आउने नेपालीहरुकाे सङ्ख्या दिनानुदिन बढिरहेको छ।

हाल पोर्चुगलमा नेपालीहरुको संख्या पचास हजार नाघि सकेकाे र अरु देशहरुवाट पनि बल्ग्रेती रुपमा मानिसहरु पाेर्चुगल भित्रीन थालेपछि अहिले पाेर्तुगलमा काम र बस्ने ठाउँकाे अभाव भएको छ ।

अहिले कतिपय बस्ने काेठा नपाएर पार्क, सडकका पेटि बस स्ट्यान्डहरुमा बस्न बाध्य भएका छन् । कसैकाे काम नपाएर दुई छाक टार्न धाै धाै छ भने अर्कोतिर काम गरेकाे ठाउँमा कन्ट्रयाक्ट दिदैन कसैले काम लगाएर तलब दिदैन ।

त्यस्तै, काेहि पासपोर्टकाे म्याद सकिएर हैरान छन् । कसैकाे पासपोर्ट हराएर तनाबमा छन् । पाेर्तुगलमा नेपाली दुतावास पनि छैन। पासपोर्ट बनाउन फ्रान्स जानू पर्छ किनकि पाेर्तुगलमा राजदुतावास छैन । हरेक नेपाली केही न केही समस्यामा पिडित छन् ।

यहि कुरालाई मध्य नजर गरि कसरी गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्चुगलले “समस्याको सुनुवाई समधानकाे खोजी” नारा सहितको अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

समस्यामा परेका व्यक्तिकै मुखबाट समस्या सुनेर रिपोर्ट तायार गरि द्रुतगतिमा समस्याको समाधान गर्न र आवश्यक भए दुतावासकाे स्थापनाकाे लागि पनि नेपाल सरकारको सम्बन्धित निकाएमा ज्ञापन पत्र बुझाउने उदेश्यले अन्तरक्रिया कार्यक्रम गरिएको बताइएको छ।

गत जनवारी २३ मा अध्यक्ष सोमफुरी शेर्पाको अध्यक्षतामा प्रमुख अथिती बाणिज्य दुत मकर हम्मल र विशेष अथिती एन आर एन संस्थापक अध्यक्ष पुर्ण हमाल र आदिबासी जनजती अध्यक्ष हेम गुरुङ्ग आइसिसि सदस्य धना शेर्पा सहित पोर्तुगलको सम्पुर्ण नेपाली समाजको अध्यक्षहरुको उपस्थितमा बृहत् रुपमा पोर्तुगलकाे राजधानी लिस्बोनमा अन्तरक्रिया गरिएको थियो।