Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

टिजरसहित ‘छक्का पन्जा ४’को गीत ‘दर्शन सलाम’ रिलिज

काठमाडौं : आगामी फागुन १९ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘छक्का पन्जा ४’को पहिलो गीत रिलिज भएको छ। निर्माण टिमले सोमबार ‘दर्शन सलाम’ बोलको गीत रिलिज गरेको हो।

गीतमा डेविड शंकर र सहिमा श्रेष्ठको आवाज रहेको छ। राजेन्द्र अर्यालको शब्द रहेको गीतमा दिपक शर्माको संगीत रहेको छ। डान्सिङ प्याटर्नमा आधारित गीत उत्कृष्ट छ।

कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोमा भने दिपकराज गिरी, दिपा श्री निरौला, केदार घिमिरे, स्वस्तिमा खड्का, राज आचार्य लगायतका कलाकार भिडियोमा फिचर्ड छन् । स्वस्तिमा र राजको गजबको ठुम्का भिडियोमा देख्न सकिन्छ। निर्माण टिमले निकै मिहेनत गरेको आभाष हुन्छ भिडियोमा।

भिडियोको अन्तिममा निर्माण टिमले टिजर समेत समावेश गरेको छ। टिजर हेर्दा राजनीतिक कथालाई सिनेमामा समावेश गरिएको होकि भन्ने आभाष हुन्छ।

हेमराज विसीले निर्देशन गरेको यस् सिनेमामा दिपकराज गिरीको कथा एवम् पटकथा रहेको छ। चलचित्रमा दिपक-दिपाका अलवा बुद्धि तामाङ, केदार घिमिरे, स्वस्तिमा खड्का, राज आचार्य लगायतको अभिनय रहेको छ।

सिनेमाको कार्यकारी निर्मातामा केदार घिमिरे र निर्मल शर्मा रहेका छन् । त्यस्तै, दिपेन्द्र खानिया र केशव न्यौपाने निर्मातामा रहेका छन् ।