काठमाडौं
पूजा शर्मा र कन्ट्रोभर्सी पर्याय बनिसकेका छन । यही कुरा समाचारको बिषय बन्दा भने उनको चित्त दुखेको छ । “विवादित नायिका” सम्बोधन गर्ने पत्रकारलाई उनले पत्रकारिता सिकेर आउन सुझाव दिएकी छन । तर उनले आफुले बोल्दा बिचार कैले पुर्याउने हुन उनै जानुन ।
यता उनको बारे केही टिप्पणी गर्दा मन दुखेको छ उनको । तर उनैले अर्की नायिका आचल शर्माको बारे होच्याएर बोल्दा दर्शकले सहज रुपमा लिइदिनु पर्ने जस्तो देखिएको छ । एक अन्तर्वार्तामा आचलले पूजालाई “अग्रज” नायिका सम्बोधन गरेकी थिइन । हुन पनि हो करियर ग्राफ नियाल्दा पूजा उनी भन्दा पहिला आएकै हुन ।
तर यस्लाई पूजाले “भाउजु” सम्बोधन गर्दै घुमाएर धनाड्य परिवारको बुहारी भएको भन्न भ्याईन । तर उनले यो सोचिनन कि उनको विवाहको चर्चा पनि धनी परिवार मै हुँदै छ र यो भनाई उनै माथी छिट्टै नै लागू हुँदै छ । आचल सिने क्षेत्रमा आएर सफल भएपछी उनको विवाह भएको हो । त्यसैले धनी परिवार या सिनेमा बनाउने परिवारबाट आएको भन्नू सरासर गलत हो ।
पूजाको व्यवहार हेर्दा लाग्छ, आफू अरुलाई जे पनि भनिदिने तर आफू माथिको एक शब्द टिप्पणी पनि नसहने । यो त सही भएन नी पूजा जी ।