Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

पूजाजी अब त लाजलाई पनि लाज लाग्ने भो

काठमाडौं ।
नेपाली सिनेमा नचलेर बिजोक छ । पुस महिना मात्रै होइन माघ लागेर पनि सिनेमाको व्यापार शून्य जस्तै छ । शाहरुख खान, दिपिका पादुकोण र जोन अब्राहमको मुख्य भुमिका रहेको सिनेमा “पठान” लाग्ने भएकोले यो हप्ता कुनै नेपाली सिनेमा हलमा आउने आट नै गरेनन । आफै आफैमा लड्न पो मज्जा बिदेशी सिनेमालाई त सोलो स्पेस दिउ भन्ने पनि लाग्यो होला ।

तर नाटक यतै सकिएन । टन्नै टिकट काटेर शाहरुखका फ्यान हलमा पुगे । अनि सामाजिक सन्जालमा माला लगएर फोटो सार्वजनिक गरे ।
यस्तै देख्दै लाज लाग्ने हर्कत गर्दै देखिइन नायिका पूजा शर्मा । साहरुखको कमब्याक सिनेमा भन्दै उनी हलमा पुगेर केक काटिदै देखिइन । अझ सामाजिक सन्जालमा “प्राउड टु बि युअर फ्यान” भन्दै लेख्न भ्याईन ।
नेपाली सिनेमाको प्रबर्दन गर्न भन्दै एक सरकारी भर्ती केन्द्र चलचित्र विकास बोर्ड खुलेको छ । जहाँ महिला केन्दृत समस्या हेर्न र सिनेमा उथ्थान गर्ने समिती बनेको छ । जस्को जिम्मा पूजा शर्माको काधमा छ ।
र, यसरी पूजा बिदेशी सिनेमाको फस्ट डे फस्ट शोको खुसियालीमा केक काट्दै छिन ।
यो सब देख्दा त “लाजलाई पनि लाज” लाग्यो होला पूजा जी ।