Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘मेरी बास्सै’को मुख्य कलाकार सर्से घाइते

काठमाडौं

नेपालीजनमा लोकप्रिय हास्य टेलिचलचित्र मेरी बास्सै कि मुख्य कलाकार सरस्वती फुंयाल (सर्से) घाइते भएकी छिन् । उनी बास्तविक जीवनमा नभइ सिरियलको कथामा घाइते भएकी हुन् ।

टेलिचलचित्र मेरी बास्सैको कथाअनुसार आजको ७९० औ भागमा उनलाई गुन्डाहरुले घाईते बनाएका हुन्छन् । नेपाली चलचित्र विरविक्रम २ मा वाघवहादुरको साथीको भुमिमाका देखिएर दर्शकको मन जितेका कागवहादुर (कागे) ले उनलाई बचाएर घर पुर्याएको कथालाई दर्शकले निकै रुचाएका छन् ।

प्रत्येक मंगलवार साझ नेपाल टेलिभिजनवाट प्रसारण भईरहेको टेलिचलित्रको कथालाई पछिल्लो समय दर्शकले निकै रुचाएको टेलिचलचित्रका लेखक कुन्जन घिमिरेले बताए । मेरी बास्सैमा सर्सेको अलवा घिरौले ,दारी वा ,काजी वा , कजिनि आमा, मुलाको साग, चम्सुरी, प्याकुली, सापटे, कागे, वोक्रे सोल्टी, चुल्ठे, भान्जो आदीको भूमिकामा देखिएका कलाकारहरुलाई दर्शकले निकै रुचाउने गरेका छन् । दिवाकर भण्डारीको निर्देशन रहेको यो टेलिचलचित्र नेपालीले रुचाउने मध्येमा पर्दछ ।