Sur Cinema

Edit Content

ताजा अपडेट

‘ह्यारी कि प्यारी’ले समाजको कथा बोल्छ ।

काठमाडौं ।
माघ २० गतेबाट नेपालभर प्रदर्शनमा आउने सिनेमा ‘ह्यारी की प्यारी’ टिम शनिबार भरतपुर चितवन पुगेका छन । त्यहा पुगेका निर्देशक डा कपिल रिजालले सिनेमाले नेपालमा पछिल्लो समयक्रममा भइरहेको तर बाहिर नआएको विषयवस्तुलाई सिनेमामा समेटिएको बताए । साथै यस सिनेमाले विर्यदानको विषयवस्तुलाई उठान गरेको देखिए पनि नेपाली समाजको परिपाटीलाई दर्शकले हास्दै र भावुक हुँदै हेर्न पाउने उल्लेख गरे ।

सिनेमामा मुख्य भूमिकामा रहेका जितु नेपालले सिनेमाले विशुद्ध मनोरञ्जनात्मक र सामाजिक विषयवस्तुलाई उठान गरेको जानकारी दिए । उनले भने यस सिनेमामा मैले यसअगाडि गरिरहेको भूमिका र यस सिनेमामा गरेको भूमिका निकै नै फरक र चुनौतीपूर्ण छ । दर्शकले यो सिनेमा मन पराउनेमा उनी विश्वस्त छन् ।

सिनेमामा प्यारीको भूमिकामा देखिएकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले सिनेमाले समाजको वास्तविक घटनालाई देखाउन खोजेको बताइन् । उनले भनिन्,”समाजमा अझै पनि यौनको विषयलाई रुचाइदैन तर यस सिनेमाको माध्यमबाट समाजले खुलेर यौनको विषयलाई पनि अगाडि ल्याउनु पर्ने विषयवस्तु उठान गरेको छ ।” सिनेमाका अर्का कलाकार विजय बरालले सिनेमामा ह्यारीलाई अगाडि बढाउने र हरेक चुनौतीको बोझ बोक्ने पात्रको रुपमा आफू रहेको बताए ।

सिनेमामा पात्र रोइरहँदा दर्शकलाई हास्ने र सपरिवार बसेर सिनेमा हेर्न मिल्ने जानकारी समेत दिए । सिनेमामा नेपाल, शाह र बरालका अलावा लक्ष्मी गिरी, सुभास गजुरेल, रन्जना भट्टराई, सरला रिजाल लगायतको अभिनय रहेको छ । सिनेमाको कथा र निर्देशन डा. रिजालले गरेका हुन् ।