Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

ओमप्रकाशको “अंगालोमा बाँधी तिमिलाई”

काठमाडौं : गायक ओमप्रकाश गुरुङ( ब्ल्याक डाइमन्ड)को “अंगालोमा बाँधी तिमिलाई” बोलोको गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । उर्गेन दोङको शब्द तथा सङ्गित रहेको गितको एरेन्ज पनि उर्गेन दोङले नै गरेका हुन् ।

गितको भिडोयोमा ब्यक्त गर्न नसकेको प्रेमको चित्रण गरिएको छ । भिडियोमा गायक गुरुङ र पछिल्लो समयकी व्यस्त मोडल रोशनी कार्कीले अभिनय गरेका छन् ।

काठमाडौका विभिन्न रमणिय स्थलमा छायांकन गरिएको भिडियोको निर्देशन शायनाम अधिकारीले गरेका हुन् । पवन सुस्लिङले छायांकन गरेको भिडियोको सम्पादन पनि छायाकार पवन सुस्लिङले नै गरेका हुन् ।

गायक गुरुङ करिव १० बर्षको कोरिया बसाइलाई बिट मार्दै नेपाल फर्किएर गति सङ्गितमा सक्रिय छन् । गुरुङको यस लगत्तै माया धराने बोलको गित पनि बजारमा आउने तयारीमा रहेको छ ।