Sur Cinema

Edit Content

ताजा अपडेट

चितवन महोत्सवमा ‘तिम्रो मेरो साथ’टिम : कलाकारलाई स्टेजमा पुर्याउन प्रहरी स्कटिङको साहारा

काठमाडौं ।
पौष २९ गतेबाट देशभर प्रदर्शन हुन लागेको सिनेमा ‘तिम्रो मेरो साथ’टिम चितवन पुगेको छ । सिनेमा प्रचारका लागि बुधबार सिनेमाका कलाकार टिम सहित चितवन महोत्सवमा पुगेको हो ।

त्यहाँ पुग्दा सिनेमाका मुख्य कलाकार साम्राज्ञी आरएल शाह,सन्दिप क्षेत्री र पुष्प खड्कालाई दर्शकको राम्रै साथ मिल्यो । उनीहरु कहिले गाडीमा त कहिले पैदलै कार्यक्रम स्थल तर्फ हिडे । तर दर्शकको भिड ह्वात्तै बढेपछि कार्यक्रम स्थलमा कलाकारलाई पुर्याउन हम्मे हम्मे पर्यो । साम्राज्ञी,पुष्प र सन्दिपलाई कार्यक्रमको स्टेजमा पुर्यानका लागि प्रहरीले स्कटिङ नै गर्नुपर्ने अवस्था आयो ।

केहि दिन यता चलिरहेको महोत्सवमा ‘तिम्रो मेरो साथ’ले सिनेमा प्रचारको माध्यमका रुपमा समेत यसलाई प्रयोग गरेको हो । यहि शुक्रबारबाट अल नेपाल रिलिज हुन लागेको सिनेमा ‘तिम्रो मेरो साथ’का निर्माता तथा निर्देशन रमेश एमके पौडेल रहेको हुन्। पौडेल यहि सिनेमाबाट निर्देशकका रुपमा डेब्यु गर्दैछन् ।

सविर श्रेष्ठको पटकथा रहेको सिनेमामा साम्राज्ञी र पुष्पका साथमा सरोज खनाल, सन्दीप क्षेत्री, एमिली लामा, दीपिशा केसी र खड्गबहादुर पुनको लगायतको मुख्य भुमिका रहेको छ । पासाङ लामा, आर्यन पौडेल र अर्नव पौडेलले सिनेमा निर्माण गरेका हुन् । यस सिनेमाको गीत र ट्रेलरलाई दर्शकको राम्रो साथ मिलेको थियो । रिलिजमा के हुन्छ भन्ने कुरामा भने सिनेमा रिलिज हुनै पर्छ ।