Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

टोखा नगरबासीको लागि ग्रीन लाइफ पोलिक्लिनिक किन?

काठमाडौं :
देशकै प्रतिष्ठित विशेषज्ञहरुद्वारा संचालित ग्रीनलाइफ हेल्थ केयर टोखा नगरपालिका बासिका लागि स्वास्थ सेवाको लागि मुख्य केन्द्र बिन्दु बनेको छ। स्थानीयका लागि स्थानीयद्वारा संचालनमा ल्याइएको यस स्वास्थ संस्था ले टोखा नगरबासीहरुको स्वास्थ समस्याहरुलाई सहि र सरल तरिकाले सेवा प्रदान गर्दै आइरहेको छ।

वि.स.२०५८ साल ५ महिना ११ गतेबाट संचालनमा ग्रीन लाईफ हेल्थ केयर सञ्चालनमा आएको हो । अहिलेसस्स ७ हजार भन्दा बढी नगरबासीलाइ सेवा प्रदान गरिसकेको छ । साथै निःशुल्क स्वास्थ शिबिर द्वारा २ हजार भन्दा बढीले स्वास्थ परिक्षण गरिसकेका छन् । साथै सुगर निःशुल्क र औषधीसमेत विरामीलाई प्रदान गरिसकेको केयरले जानकारी दिएको छ।

यो संस्था व्यवसाय मुखीभन्दा सेवामुखी संस्थाको रुपमा आएको हो। त्यसैले यहाँ हरेक शनिबार सुगर निःशुल्क र थाइराइडलाई ५ सय शुल्कमा जाँच गरिदै आएको छ । साथै अन्य सेवाहरुमा २५ प्रतिशत छुट को व्यवस्था राखिएको छ । यहाँबाट बृद्ध÷ निम्न वर्गिय ÷अपाङ्ग नागरिकहरुको लागि पनि विशेष छुटमा उपचार हुँदै आएको छ ।

ग्रीनलाइफ हेल्थ केयरले स्थानियको घर–घरमा पुगेर गरिने स्वास्थ सेवा पनि प्रदान गर्दै आएको छ । टोखा नगरपालिकामा अत्याधुनिक एक्सरे भएको एक मात्र क्लिनिक हो यो ।

गङालाल हृदय रोग केन्द्रका वरिष्ठ मुटुरोग विशेषज्ञबाट यहाँ मुटुको भिडियो एक्सरे समेत गरिदै आएको ग्रीनलाइफ हेल्थ केयरले जानकारी दिएका छ ।

विशेषज्ञद्वारा दात तथा मुखको सम्पुर्ण किसिम को उपचार गरिनुका साथै अनुभवी फामेसीटद्वारा औषधि वितण गरिदै आएको छ भने १० प्रतिशत छुटको व्यवस्था र होम डेलिभरिको समेत सुबिधा राखिएको ग्रीनलाइफ हेल्थ केयरले बताएको छ ।

यहाँ लाइसेन्स प्राप्त चिकित्सकद्वारा मात्र सुरक्षित गर्भ पतन गराइन्छ भने चोटपटक तथा आकस्मिक सेवा उपलब्ध गरिएको छ । यहाँ मोनिटर अपरेसन (शल्यक्रिया सेवा)को व्यवस्था रहेको छ । छिटो समयमा नै ल्याब रिपोर्ट प्रदान समेत यहाँ हुने गरेको ग्रीनलाइफ हेल्थ केयरको भनाई छ ।